National life

भ्रष्टाचारका मुद्दामा जैलेसुकै मुद्दा चलाउन सकिन्छ, ५ वर्षे हदम्याद हटाउन सरकार तयार छ: लेखक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ भदौ २०८१, शुक्रबार
546Shares
भ्रष्टाचारका मुद्दामा जैलेसुकै मुद्दा चलाउन सकिन्छ, ५  वर्षे हदम्याद हटाउन सरकार तयार छ: लेखक
ncell

काठमाडौँ। भ्रष्टाचारको कसुरमा उजुरी अनुसन्धान गर्न ५ वर्षे हदम्याद हटाउन सरकार तयार रहेको गृहमन्त्री रमेश लेखकले बताएका छन् ।

आज शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा आफ्नो धारणा राख्दै भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलका क्रममा ५ वर्षे हदम्याद नराखी पुरानै व्यवस्था राख्न  आग्रह गरेका हुन् ।

भ्रष्टाचारीलाई कुन विधि अनुसार कारबाही वा सजाय गर्ने हो त्यसबारे आवश्यकता अनुसार टुङ्गो लगाउन लेखकले समितिलाई आग्रह गरे । मन्त्री लेखकले भने, ''भ्रष्टाचार ५ वर्षे हदम्याद हटाइदिऊँ, पहिलेकै व्यवस्था राखौँ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
भ्रष्टाचारका मुद्दामा जैलेसुकै मुद्दा चलाउन सकिन्छ । यो सरकारको आग्रह छ, सरकार यो प्रावधान हटाउन तयार छ । जैलेसुकै मुद्दा चलाउने सुनिश्चितता गरौँ । समितिका सदस्यहरूको धारणा अनुसार सरकार चल्न तयार छ ।''

यसअघि विधेयकमा भ्रष्टाचारका मुद्दा चलाउन ५ वर्षे हदम्याद राखेपछि चौतर्फी विरोध भएको थियो ।

सरकारले भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयक २०७५ सालमा संसद्मा दर्ता गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
546SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?