काठमाडौं । बिहीबार मात्रै गत आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन विवरण ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बुझाएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभागीय मन्त्रालयमा स्पष्टीकरण बुझाएका छन्। 'यस अगाडि मलाई मन्त्रालयले ७ दिनभित्र बुझाउने गरी ९ बुँदे स्पष्टीकरण सोधेको थियो मैले सोही उपर रहेर आफ्नो स्पष्टीकरण आज बुझाएको हु' घिसिङले आर्थिक भ्वाइससँग भने ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ७ दिनभित्र बुझाउने गरी ९ बुँदे स्पष्टीकरण सोधेकोमा घिसिङले जवाफ दिएका हुन्। ऊर्जा मन्त्रालयले कार्यसम्पादनसम्बन्धी विवरण नबुझाएको, सरकारी निकायमा बसेर नोट अफ डिसेन्ट लेखेको लगायतका आरोप लगाउँदै किन नहटाउने भन्दै पुस २२ गते घिसिङलाई स्पष्टीकरण सोधेको थियो।
बिहीबार गत आवमा सम्पादन गरेका काममा ९८.९९ प्रतिशत अंक दाबी गरी मूल्यांकनका लागि मुख्य कार्यसम्पादन सूचकांक समेटिएको विवरण पेस गरेका हुन्। मन्त्रिपरिषद्को २०७८ साउन २५ निर्णयबाट घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि दोस्रो पटक नियुक्त गरिएको थियो।


































