National life

मन्त्री किरातीको गुनासो संसद्,महालेखा र अख्तियारले अनेकौ बहानामा काम गर्न दिएनन्

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ पुस २०८०, बिहिबार
800Shares
मन्त्री किरातीको गुनासो संसद्,महालेखा र अख्तियारले अनेकौ बहानामा काम गर्न दिएनन्
ncell

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले खुला रुपमा आफूले कामै गर्न नपाएको भन्दै गुनासो गरेका छन् ।

बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै किरातीले भने, ‘काम गर्ने व्यक्तिले परिणाम कतिबेर निकाल्नु रु संसदीय समितिमा जानै पर्‍यो, एउटा काम गर्न थाल्यो अख्तियारले बोलाउन थाल्छ, महालेखाले बोलाउँछ, सम्पत्ति शुद्धीकरणले बोलाउँछ, दिक्क बनाइसक्यो कामै गर्न पाइएन ।

नेपाल एयरलाइन्सलाई तिर्नुपर्ने रकम सरकारले नै नतिरेको उनले बताएका छन्। मन्त्री किरातीले भने, ‘राजादेखि लोकतान्त्रिक व्यवस्थामा पनि उही प्रवृति देखियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नेपाल एयरलाइन्स उडाउने तर भाडा चाहिँ नतिर्ने ?

प्रयोगमा नरहेका चिनियाँ जहाज लिलामीमा आफूले नै राख्न लगाएको मन्त्री किरातीले दाबी गरेका छन् । ‘चलाउन नसक्ने जहाज किन सुकाएर राख्ने ? कि सुप खाने हो ? मैले नै दबाब दिएर लिलामीमा राख्न लगाएको हो,’ उनले भने, ‘यसलाई किन राख्ने ? जसले दायित्व मात्र सिर्जना गर्छ, त्यो पालेर के काम ?’

निगमको ऋण ४९ अर्ब रहेको भन्दै उनले एक वर्षमा २२ अर्ब कमाएको बताएका छन् । उनले भने, ‘अलिकति प्रयास गरे त एक वर्षमै ऋण आधा तिर्न सकिने सम्भावना छ, हामीलाई काम गर्न दिनुस् ।’कानुन बनाउने प्रक्रिया धेरै ढिला भएको भन्दै उनले मन्त्रालयबाट उठेको विधेयक अर्थ, कानुन मन्त्रालयमा झुन्डिएर बसेको बताए । उनले भने, ‘एउटा कानुन बनाउन ४र५ वर्ष लाग्छ, हामी उल्टो बाटोमा छौं ।’ उनले यो विषय प्राधिकरण टुक्राउने बारे बोलेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
800SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?