National life

महालेखापरीक्षकमा तोयम राया सिफारिस गरेकामा टीआईको असन्तुष्टि, विश्वसनीय नहुने टिप्पणी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ चैत २०८०, बुधबार
613Shares
महालेखापरीक्षकमा तोयम राया सिफारिस गरेकामा टीआईको असन्तुष्टि, विश्वसनीय नहुने टिप्पणी
ncell

काठमाडौं। नेपाल महालेखापरीक्षकमा तोयम राया सिफारिस गरेकामा ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले असन्तुष्टि जनाएको छ ।

बुधबार एक विज्ञप्ति जारी गरी ट्रान्सपरेन्सी इन्टरनेशनलले रायाले अर्थ सचिव, उपराष्ट्रपति कार्यालयको सचिव र राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांक अधिकारीका रुपमा काम गरिसकेकाले आफूले गरेको कामको लेखा परीक्षण आफैंले गर्न नमिल्ने बताएको बताएको छ ।

संवैधानिक परिषदको १८ चैतमा बसेको बैठकले पूर्वअर्थसचिव रायालाई महालेखा परीक्षकमा नियुक्ति सिफारिस गरेको थियो। टीआईकी अध्यक्ष पद्मिनी प्रधानांगले विश्वका विभिन्न मुलुकका सर्वोच्च लेखापरीक्षण निकायको अन्तर्राष्ट्रिय संगठन (ईण्टोसाई) बाट जारी आचारसंहितामा लेखापरीक्षकको नियुक्ति गर्दा यसको स्वतन्त्रता र वस्तुनिष्ठता कायम हुन्छ वा हुँदैन भन्ने पक्षलाई ध्यान दिने गरिएको बताएकी छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘लेखापरीक्षकको रुपमा तोक्दा र लेखापरीक्षकले जिम्मेवारी स्वीकार गर्दा लेखापरीक्षण गराउने निकाय र कार्यसंग लेखापरीक्षकको नैतिक आचरणमा आँच आउन सक्ने अवस्थाहरु, जस्तै आफूले गरेको काम आफैंले परीक्षण गर्ने (Self-review) जोखिमहरु रहे नरहेको विचार गर्नुपर्ने मान्यता र अभ्यास रहेको छ’, उनले विज्ञप्तिमा भनेकी छन्, ‘यस्तो जोखिम कायम रहेको अवस्थामा लेखापरीक्षणको नतिजा विश्वसनीय नहुने सम्भावना हुन्छ ।’

‘‘सोझै स्वार्थको द्वन्द्व हुने मात्र नभई यसबाट सुशासनमा गम्भीर खलल पर्ने समेत स्पष्टै छ’, विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ संसदीय सुनुवाइ समितिले स्वार्थको द्वन्द्व नहुने, लेखापरीक्षणको स्वतन्त्रता कायम रहने र सुशासनमा सघाउ पुग्ने अवस्था सुनिश्चित गरोस् भनी टीआई–नेपाल गम्भीर ध्यानाकर्षण गराउँदछ ।’

यो समाचार शेयर गर्नुहोस्
613SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?