National life

मौद्रिक नीतिमा नीतिगत परिवर्तन नभएपछि पोख्रेलको टिप्पणी: 'न हर्ष बढाई न रोइकराई'

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ मंसिर २०८१, शुक्रबार
825Shares
मौद्रिक नीतिमा नीतिगत परिवर्तन नभएपछि पोख्रेलको टिप्पणी: 'न हर्ष बढाई न रोइकराई'
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले समीक्षा जारी गर्दै विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरलाई ३.०० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रूपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत् राखेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

केन्द्रीय बैंकले अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई यथावत् राखिएको जनाएको छ । अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई यथावत् राखिएको मौद्रिक नीतिमा उल्लेख छ । राष्ट्र बैंकले पहिलो त्रैमासिक समीक्षामा कुनै नीतिगत परिवर्तन भने गरेको छैन ।

आज सार्वजनिक भएको मौद्रिक नीतिको समीक्षामा नीतिगत परिवर्तन नदेखिएपछि नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेलले हर्ष बधाई गर्नुपर्ने र रोइकराई गर्नुपर्नेको अवस्था नभएको उल्लेख गरेकी छन् । सामाजिक सञ्जाल फेशबुकमा स्ट्याटस लेख्दै उनले यस्तो बताएकी हुन ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा शेयर बजारमा धेरै नै सप्लाइ आइरहँदा बढ्नु पर्ने अवस्थामा पनि बढ्न नसकेको हुँदा यसलाई शुक्ष्म रूपमा हेरेर नीतिगत पहल गरिनुपर्ने माग राख्दै आएका पोखरेलले नीतिगत रूपमा कुनै परिवर्तन नदेखिएपछि उक्त विषय लेखेका हुन् ।

यो समाचार शेयर गर्नुहोस्
825SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?