National life

यस्ता छन् बीमा प्राधिकरणका अध्यक्ष सिलवालले गरेका मुख्य ३० कामहरु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ फागुन २०८०, शुक्रबार
588Shares
यस्ता छन् बीमा प्राधिकरणका अध्यक्ष सिलवालले गरेका मुख्य ३० कामहरु
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले आगामी दिनमा बीमा बजारको भविष्य उज्वल रहेको स्पष्ट पारेका छन् । आर्थिक भ्वाईससँग उनले बीमा बजारको भविष्य उज्वल रहेको र आगामी दिनमा बीमा गर्ने गराउँने दुवैमा सहजता छाउँने बताएका हुन् ।

चार वर्षे कार्यकालका लागि सरकारबाट नियुक्ती पाएका उनले आफ्नो तीन वर्ष बीमा क्षेत्रमा गुजारी सकेका छन् । बीमा क्षेत्रमा विद्यमान केही समस्याहरु चिरफार गर्न सकेमा बीमा क्षेत्रको भविष्य निकै उज्वल रहेको उनले दाबी गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्राधिकरणका अध्यक्ष सिलवालले आर्थिक भ्वाईससँग भने,‘अहिले बीमा बजारमा धेरै काम भएको छ, धेरै नै काम भएका छन् । त्यो त तपाईहरुले पनि देख्दै आउँनु भएको होला । यसको मतलब मैले अब बीमामा गर्नु पर्ने काम छैन भन्न खोजेको होइन तर विद्यमान केही स–साना समस्याहरु चिरफार गर्ने हो भने बीमा क्षेत्रको भविष्य निकै उज्वल छ । मैले देखेको आगामी दिनमा बीमा बजारको भविष्य निकै सुन्दर छ किनकी यो बढ्दो बजार हो । बीमाको पहुँच नै त दैनिक बढ्दो क्रममै छ नि ।’

यस्ता छन् अध्यक्ष सिलवालले आफ्नो कार्यकालमा गरेका मुख्य कामहरु

बीमा ऐन २०७९ कार्यान्वयनको सन्दर्भमा बीमा नियमावलीको मस्यौदा तयार गरी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पेश गरिएको छ । देशका विभिन्न क्षेत्रका राष्ट्रिय नीति भए पनि बीमाको राष्ट्रिय नीति नभएको परिपेक्ष्यमा राष्ट्रिय बीमा नीति ल्याउन मस्यौदा तयार गरी स्वीकृतीका लागि अर्थ मन्त्रालयमा पेश गरिएको छ ।

बीमाको प्रवद्र्धन बीमित हित संरक्षण भन्ने मूल शीर्षकका साथ दोस्रो रणनीतिक योजना सन् २०२३।२०२७ कार्यान्वयनमा ल्याइएको छ । बीमकको पुनर्बीमा व्यवसायलाई व्यवस्थित गर्न बीमकको पुनर्बीमा निर्देशिका, २०८० जारी भएको छ ।

पुनर्बीमा व्यवसायलाई प्रतिस्पर्धी एवम् विश्वासिलो बनाउँने र पुनर्बीमा वापत वर्षेनी विदेशिने गरेको ठूलो परिमाणको मुद्रालाई धेरै हदसम्म स्वदेशमा नै रहने व्यवस्था गर्न अन्तराष्ट्रिय अभ्यास समेतका आधारमा थप एक पुनर्बीमा कम्पनी स्थापनार्थ अनुमति दिएको अवस्था छ ।

बीमकको वित्तीय विवरण सम्बन्धि निर्देशन, २०८० जारी गरिएको छ । बीमकको संस्थागत सुशासन सम्बन्धि पाँचौ संशोधन निर्देशिका, २०८० जारी गरिएको हो ।

निर्जीवन बीमा व्यवसाय अन्तर्गत जमिनमा आधारित सम्पत्ति तथा घर सम्बन्धि बीमाको स्तरीकृत बीमालेख र सोका लागि आवश्यक बीमादर प्रचलनमा ल्याउनका लागि सम्पत्ति बीमा निर्देशन २०८० जारी गरिएको छ ।

बीमकका लगानीलाई विविधीकरण गर्न पुनर्बीमकको लगानी निर्देशन, २०७९, निर्जीवन बीमकको लगानी निर्देशन २०७९, जीवन बीमकको लगानी निर्देशन, २०७९, लघु निर्जीवन बीमकको लगानी निर्देशन, २०७९ र लघु जीवन बीमकको लगानी निर्देशन २०७९, जारी गरिएको छ ।

बीमकका शाखा कार्यालय स्थापना गर्ने कार्यलाई व्यवस्थित बनाउनका लागि बीमकको शाखा कार्यालय सम्बन्धि निर्देशिका २०७९ जारी गरिएको छ ।

बीमा व्यवसायमा सदाचारयुक्त पद्धतिलाई संस्थागत गर्ने र सदाचारितालाई बीमा व्यवसाय संचालनको अन्तिम अभिन्न अंग बनाउँन सदाचार नीति २०७९ लागू गरिएको छ । बीमा दाबी भुक्तानीलाई सहज बनाउन बीमा दाबी भुक्तानी मागर्दनको तेस्रो संशोधनमार्फत २०७९ जारी गरिएको छ ।

बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरी जीवन बीमा कम्पनीहरको पाँच अर्ब र निर्जीवन बीमा कम्पनीहरुको चुक्तापुँजी २.५ अर्ब रुपैयाँ बनाईएको छ । वृद्धि गरिएको चुक्ता पूँजी पुर्याउन बीमकहरु स्वत,स्फुर्त रुपमा मर्जरमा जान तयार भएको सन्दर्भ बीमक गाभ्ने, गभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६ को पहिलो संशोधन गरिएको छ ।

बीमा ऐन २०७९ मा भएको व्यवस्था बमोजिम न्यून आय भएका बर्ग र पिछडिएका क्षेत्रलाई लक्षित गरी लघुबीमा व्यवसाय गर्न हरेक प्रदेशमा एक एकवटा गरी सात वटा लघु बीमा कम्पनी स्थापनाका लागि स्वीकृति दिइएको छ ।

लघुबीमा व्यवसायको विकास, प्रवर्दद्धन तथा व्यवस्थापन गरी बीमामार्फत न्यून आय भएका बर्गको जीवन तथा सम्पत्तिको सुरक्षा गर्नका लागि लघुबीमा निर्देशन, २०७९ जारी गरिएको छ । गत जेठ २५ गतेदेखि २७ गतेसम्म काठमाडौंमा एशियाली बीमा सम्मेलन,२०२३ एशियन इन्स्योरेन्स मिट आयोजना गरिएको थियो ।

बीमा प्राधिकरणका काम कारबाहीलाई अझ बढी चुस्त, दुरुस्त एवम् पारदर्शी बनाउँन तथा बीमक र सरोकारवालाहरुलाई छिटो छरितो रुपमा सेवा उपलब्ध गराउन नयाँ सर्भेयर र सफ्टवेयर संचालनमा ल्याइएको छ ।

निर्जीवन बीमा व्यवसाय अन्र्तगत दुर्घटना बीमाको स्तरीकृत बीामलेख तयार गरी तथा त्यसका लागि आवश्यक पर्ने बीमादर समेत निर्धारण गरी दुर्घटना बीमा निर्देशिका, २०७८ जारी गरिएको छ । ललितपुरको कुपण्डोलमा २०७८ मंसिर २७ गते प्राधिकरणको नयाँ भवनको निर्माण प्रारम्भ भई भवन निर्माण हाल अन्तिम चरणमा पुगेको अवस्था छ ।

गैरमहशूल बीमा व्यवसायका लागि न्यूनतम बीमादर अन्तर्गत जलविद्युत को लस अफ प्रोफिट सम्बन्धमा गरिएको अधिक सम्बन्धि व्यवस्था संशोसन गरिएको छ । जोखिममा आधारित पूँजी तथा सक्षमता निर्देशका, २०७८ जारी गरिएको छ ।

नेपाल बीमा प्राधिकरण र चार्टर्ड एकाउन्टेन्टस् संस्थाबीच मिति २०७८ साल चैत १० गते सूचना आदान प्रदान एवम् पारस्परिक सहयोग सम्बन्धि सम्झौता भएको छ । नेपालको संविधानले बीमा व्यवसाय संचालन सम्बन्धी कार्य संघ र प्रदेशको साझा अधिकारको सूचिमा राखे बमोजिम बागमती प्रदेश बाहेक ६ वटा प्रदेशमा प्राधिकरणका प्रदेशिक कार्यालय स्थापना भइसकेका छन् । बागमतीको हकमा भने केन्द्रिय कार्यालयबाट नै सेवा प्रवाह गरिने व्यवस्था भएको छ ।

बीमा सर्भेयर र बीमा अभिकर्ताहरुको इजाजतपत्र विद्युतीय माध्यमबाट दर्ता तथा नवीकरण गर्न शुरु गरिएको छ । बीमाशुल्क वापतको रकम बीमकको बैंक खातामा प्राप्त भएपछि मात्र बीमालेख जारी गर्न बीमकहरुलाई निर्देशन दिइएको छ ।

बीमा कम्पनीहरुको जोखिममा आधारित पूँजी कोष पर्याप्तता मार्फत वित्तीय कठिनाईहरुसँग जुध्ने क्षमता अभिवृद्धि गर्न रिक्स बेस्ड क्यापिटल एण्ड सोलभेन्सी डाइरेक्टीभ २०७८ जारी गरिएको छ ।

बीमा क्षेत्रमा हुने शंकास्पद कारोबार र तोकिएको सीमाभन्दा बढीको प्रतिवेदन वित्तीय जानकारी इकाईमा पठाउन बीमकहरुले यसअघि परीक्षणका रुपमा प्रयोग गर्दै आएको गो एम एल सफ्टवेयर संचालन गरिएको छ ।

बीमा ऐन २०७९ मा व्यवस्था भए बमोजिम बीमा मध्यस्तकर्ताको अनलाइन परीक्षा संचालन शुरु गरिएको छ । बीमाको पहुँच हरेक नागरिक र नागरिकका घर, सम्पत्तिका साथै सरकारी एवम् सार्वजनिक भवन तथा सम्पत्तिको बीाम गरी आर्थिक सुरक्षण गर्न ध्यानाकर्षण गर्नका लागि प्रदेश सरकार र स्थानीय सरकारसँग निरन्तर रुपमा बीमा सम्बन्धी अन्तरक्रिया एवम् छलफल कार्यक्रम आयोजना गरिदै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
588SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?