National life

बीमासम्बन्धी गलत सूचना फैलाए कारबाही, अभिकर्तालाई प्राधिकरणको चेतावनी

भ्रामक तथा अतिरञ्जित प्रचार रोक्न बीमा प्राधिकरणको कडा निर्देशन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१३ दिन अगाडि|२१ भदौ २०८३, आइतबार
2.7kShares
बीमासम्बन्धी गलत सूचना फैलाए कारबाही, अभिकर्तालाई प्राधिकरणको चेतावनी
ncell

काठमाडौं । बीमासम्बन्धी गलत, भ्रामक वा अतिरञ्जित प्रचारप्रसार गर्ने बीमा अभिकर्ता तथा मध्यस्थकर्तामाथि कारबाही हुने भएको छ। नेपाल बीमा प्राधिकरणले यस्तो गतिविधि तत्काल रोक्न निर्देशन दिँदै भविष्यमा दोहोरिए प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको हो।

विभिन्न बीमा संस्थाको व्यवसायमा प्रतिकूल असर पर्ने गरी बीमासम्बन्धी गलत तथा भ्रामक प्रचारप्रसार भइरहेको भन्दै प्राधिकरणमा उजुरी तथा गुनासो प्राप्त भएको जनाएको छ।

प्राधिकरणका अनुसार बीमा अभिकर्ता निर्देशन, २०८३ को दफा १९ अन्तर्गत बीमा अभिकर्ताको आचारसंहिताको अनुसूची–१ को २(ज) मा भ्रामक प्रचारप्रसार गर्न नहुने स्पष्ट व्यवस्था छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त व्यवस्थाअनुसार कुनै पनि बीमक वा आफूले प्रतिनिधित्व गर्ने बीमकको क्षमता, सेवा वा व्यवसायबारे गलत वा अतिरञ्जित प्रचार गर्न पाइँदैन।

आचारसंहिताविपरीत यस्ता गतिविधि भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्राधिकरणले तत्काल त्यस्ता प्रचारप्रसार रोक्न निर्देशन दिएको छ।

प्राधिकरणले बीमा ऐन, २०७९ तथा सम्बन्धित आचारसंहिताविपरीत हुने भ्रामक, अतिरञ्जित वा अनधिकृत प्रचारप्रसार गर्ने तथा गराउने कार्य तत्काल बन्द गर्न सम्पूर्ण इजाजतपत्रप्राप्त बीमा कम्पनी र सम्बन्धित मध्यस्थकर्तालाई निर्देशन दिएको हो।

त्यस्ता गतिविधि आगामी दिनमा दोहोरिएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत प्राधिकरणले दिएको छ।

बीमा व्यवसायलाई व्यवस्थित, नियमित तथा नियमन गर्ने आधिकारिक नियामक निकायका रूपमा नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रसँग सम्बन्धित प्रचारप्रसार तथा व्यावसायिक गतिविधिमा नियामकीय मापदण्ड पालना गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
2.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?