National life

बीमा अभिकर्तालाई प्राधिकरणको चेतावनी : गलत तथा भ्रामक प्रचार नगर्न निर्देशन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२६ दिन अगाडि|०८ भदौ २०८३, सोमबार
1.5kShares
बीमा अभिकर्तालाई प्राधिकरणको चेतावनी : गलत तथा भ्रामक प्रचार नगर्न निर्देशन
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणले इजाजतपत्र प्राप्त बीमा अभिकर्ताहरूलाई बीमासम्बन्धी गलत, भ्रामक, अतिरञ्जित तथा अनधिकृत प्रचारप्रसार नगर्न निर्देशन दिएको छ।

प्राधिकरणले जारी गरेको ध्यानाकर्षणपत्रमा विभिन्न संस्थाको व्यवसायमा प्रतिकूल असर पर्ने गरी बीमासम्बन्धी गलत तथा भ्रामक प्रचारप्रसार भइरहेको भन्दै त्यस्ता गतिविधिबारे उजुरी तथा गुनासो प्राप्त भएको जनाएको छ।

बीमा अभिकर्तासम्बन्धी निर्देशिका, २०८३ को दफा १९ तथा सम्बन्धित आचारसंहिताको अनुसूची–१ को २(ज) अनुसार गलत प्रचारप्रसार गर्न नहुने व्यवस्था रहेको प्राधिकरणले स्पष्ट पारेको छ। आफू अभिकर्ता नभएको कुनै बीमकको सम्बन्धमा वा आफूले प्रतिनिधित्व गर्ने बीमकको क्षमताका विषयमा गलत, अतिरञ्जित वा भ्रामक प्रचार गर्न नपाइने प्राधिकरणको भनाइ छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्राधिकरणले बीमा ऐन, २०७९ तथा आचारसंहिताविपरीत हुने गरी कुनै पनि किसिमको भ्रामक, अतिरञ्जित तथा अनधिकृत प्रचारप्रसार गराउने कार्य तत्काल बन्द गर्न सम्पूर्ण इजाजतपत्रप्राप्त बीमा कम्पनी तथा सम्बन्धित मध्यस्थकर्तालाई निर्देशन दिएको छ।

त्यस्ता गतिविधि भविष्यमा समेत भएको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनीसमेत प्राधिकरणले दिएको छ।

प्राधिकरणको मध्यस्थकर्ता व्यवस्थापन शाखाले जारी गरेको उक्त पत्रको बोधार्थ इजाजतपत्र प्राप्त सबै बीमकलाई समेत पठाइएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?