काठमाडौँ। प्रभु मेनेजमेन्ट प्रा.लि.ले विभिन्न सहकारीलाई तिर्नुपर्ने रकम प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचनले प्रयोग गरेको भन्दै समाचार बाहिरिएपछि अध्यक्ष भट्टचनले उक्त विषयमा आपत्ति जनाएका छन् ।
प्रभु मेनेजमेन्ट प्रा.लि.ले पोखरा महानगरपालिका -३३ कास्कीमा रहेको एक बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई भुक्तानी गर्नुपर्ने रकम भट्टचनले तिर्ने भन्दै साउन २४ गते समानुपातिकतर्फका संघीय सांसद समेत रहेका भट्टचनको नाम किटान गरेर पत्र लेखेको र त्यसपश्चात् समेत विभिन्न मिडियामा सोही विषयलाई लिएर समाचार बाहिरिनेक्रम नरोकिएपछि झुटो विषयको प्रचारबाजी भएको भन्दै भट्टचनले आपत्ति जनाएका हुन् ।
प्रभु मेनेजमेन्ट प्रा.लि आफूले ७१ सालमै विधिगत रुपमा छाडेको भट्टचन को भनाई छ । ६९ सालमा दर्ता भएको उक्त कम्पनीमा आफु ७१ सालसम्म रहे पनि त्यो बिचमा कही कतै रकम प्रयोग गरेको वा समाचारमा बाहिरिए जसरी दुरुपयोग गरेको हल्ला फिँजाउनु अगाडि पुष्टि गरेर देखाउन आग्रह गरेका छन्।
कुनै शंका रहेमा प्रभु मेनेजमेन्टको व्यालेन्ससिट चेक गर्न भट्टचनले आग्रह गरेका हुन ! 'व्यक्तिलाई बदनाम गर्नलाई रचिने अनेकौँ फण्डामा मेरो केही भन्नु छैन, उक्त कम्पनीसँग मेरो कुनै संलग्नता छैन, अझै पनि कतै शंका लागेमा प्रभु मेनेजमेन्टका ब्यालेन्ससिट चेक गर्न म आग्रह गर्दछु।' भट्टचनले भने
सहकारीको रकम समयमा भुक्तान नगरेको भन्दै बारम्बार पत्र काटेकोमा २०८१ साल साउन २४ गते प्रभु मेनेजमेन्टका लेखा अधिकृत हेम महाजुले त्यसको जवाफ दिँदै उक्त रकम अध्यक्ष भट्टचनले चलाएको र उनीबाट फिर्ता आएपछि मात्र तिर्ने बताएका थिए ।
प्रभु मेनेजमेन्ट प्रा.लिले भुक्तानी फर्छ्यौटको लागि २० दिन समय उपलब्ध गराइदिन आग्रह गर्दै सहकारीहरूलाई पत्र लेखेको छ । यस अनुसार प्रभु मेनेजमेन्टले भदौ १५ सम्म फर्छ्यौट गरिसकेको हुनुपर्ने देखिन्छ । तर प्रभु मेनेजमेन्टसँगको विषयलाई जोडेर सोही संस्था निकट केही व्यक्तिले आफूलाई बदनामी बनाउन अनेक प्रयास गरेको भट्टचनको भनाई छ ।
पत्र हेर्नुहोस्

प्रभु मेनेजमेन्टका अध्यक्ष कुशुम लामाले सांसद भट्टचनको नामै किटान गरी नेपाल राष्ट्र बैंकमा निवेदन दिएकी छन्। प्रभु मेनेजमेन्टको सम्पूर्ण कर्जा रकम देवी प्रकाश भट्टचनले व्यक्तिगत कम्पनीमा लगानी गरेको भन्दै बदनामी गरेपछि
प्रभु मेनेजमेन्टको अध्यक्ष समेत रहेकी कुशुम लामा हाल भने मलेसियामा रहेको एक स्रोतको भनाई छ । उनी ५ वर्ष अगाडि नै मलेसियन नागरिकसँग विवाहगरी मेनेजमेन्टको रकम हिनामिना गरेर मलेसिया बस्दै आएको स्रोतको दाबी छ ।
प्रभु मेनेजमेन्ट प्रा.लि ले विभिन्न पब्लिक कम्पनीहरूमा ६२ करोड हाराहारीमा लगानी गरेको देखिएको छ । साथै, त्यसबाहेक पनि अन्य केही प्राइभेट कम्पनीहरूमा समेत गरेर छुट्टै ३० करोडको समेत लगानी गरेको देखिएको छ । त्यसका साथै गत वर्षका प्रभु मेनेजमेन्ट प्रा.लि ले गत वर्ष करिब १५ करोड बराबरको जग्गा बिक्री गरेको देखिए पनि उक्त रकम भने दुरुपयोग भएको देखिएको छ ।



































