National life

लगानीकर्ताको भावना र चाहाना अनुरूपको मौद्रिक नीति आएको छ : रौनियार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ साउन २०८१, शनिबार
1.6kShares
लगानीकर्ताको भावना र चाहाना अनुरूपको मौद्रिक नीति आएको छ : रौनियार
ncell

काठमाडौँ । शेयर लगानीकर्ता  छोटेलाल रौनियारले चालु आर्थिक वर्षको मौद्रिक नीतिले आम लगानीकर्ताको मनोबलमा ढाडस थप्न सहयोग गर्ने बताएका छन् । मौद्रिक नीति सार्वजनिक भएपश्चात् आर्थिक भ्वाईससँगको संवादमा रौनियारले यस्तो बताएका हुन्।

मौद्रिक नीति हाम्रो अपेक्षा अनुसारको आएको छ, यसले अर्थतन्त्रको सबै क्षेत्रको सम्बोधन गरेको छ त्यसमापनि विशेषगरि शेयर बजारको लगानीकर्ताको आत्मबललाई बढुवा गर्ने गरी आएको छ यसलाई स्वागत योग्य मानिनुपर्छ रौनियारले भने ।

बैंकहरुको तरलता दिनप्रतिदिन बढेको अवस्था थियो, लोन प्रवाह हुन सकेको अवस्था थिएन जसले गर्दा बैंकमा पैसा थुप्रिएर बस्ने तर लगानीका लागि लगानीकर्तासँग पर्याप्त पुँजी नहुने गरेको यो निराशाजनक अवस्थालाई मौद्रिक नीतिले चिर्ने काम गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
लगानीको लागी ढोका खुलेको छ भन्ने मलाई लागेको छ ।

त्यस्तै असल कर्जामा गर्नुपर्ने विद्यमान व्यवस्थालाई घटाउने कुरा सकारात्मक रहेको छ । चेक अनादरलाई मात्र आधार मानी कालो सूचीमा राख्ने तथा बैकिङ कारोबारमा बन्देज हुने गरी खाता रोक्का राख्ने लगायतका व्यवस्था परिमार्जन गर्ने गरी विद्यमान कर्जा सूचना तथा कालो सूची सम्बन्धी निर्देशिकामा पुनरावलोकन गरिने व्यवस्था सकारात्मक मान्न सकिने रौनियारले बताए ।

उनले आफ्नो कुरामा थप स्पष्ट पार्दै भने 'मौद्रिक नीति मार्फत सेयर धितो कर्जामा संस्थागत सेयर कारोबारमा लाग्दै आएको २० करोडको सीमा हटाउने निर्णय स्वागत योग्य छ । यसले अगामी दिनमा सेयर बजारलाई चलायमान बनाउन सहयोग पुर्‍याउँछ । व्यक्तिगत कर्जाको सीमा यथावत् छ । यसलाई पनि हटाउनुपर्ने थियो यद्यपि सबै कुरा एकै पटक हुन सम्भव छैन ।  समग्रमा ब्याजदर घटाउने र कर्जा प्रवाह बढाउने नीति केन्द्रीय बैंकले लिएको छ यो सकारात्मक हो ।'

साथै अर्थमन्त्री विष्णु पौडेल , नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी र प्रधानमन्त्री केपी शर्मा ओलीको ट्यूनिङ मिलेको कारणपनी बजार बढेर जानेका लगानीकर्ता ढुक्क भएको छ यो तालमेलले बजारमा सकारात्मक सन्देश प्रवाह गरेको रौनीयारको भनाई छ । उनी भन्छन् केहि दिनमै १६, १७ अर्बको कारोबार भएको छ ।

दुई ठुला पार्टीको तालमेलमा सरकार बनेको छ । नेपालको हकमा पहिलो पटक देशको प्रधानमन्त्रीले संसदमा देशको अर्थतन्त्रको ऐना भनेकै शेयर बजार हो भनेर गरिमामय संसदमा बोल्नु भएको छ । यो सबै सबै कुराले लगानीकर्तामा उत्साह थपेको छ , ठुला लगानीकर्ता बजारमा फर्किएको अवस्था छ । सामान्यतया मौद्रिक नीति जनअपेक्षा अनुसारको आएको छ । अर्थतन्त्रको चौतर्फी क्षेत्रको सम्बोधन गरेको छ यसलाई स्वागत योग्य मानिनुपर्छ रौनियारले भने ।

मौद्रिक नीतिमा भनेको छ, ‘धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्ने अभिप्रायसहित नेपाल राष्ट्र बैंकले हालसम्म ३४ धितोपत्र दलाल कम्पनीहरुलाई सहमति प्रदान गरिसकेको छ। मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम रु.२० करोडको सीमा खारेज गरिनेछ।’

लगानीकर्ताले लामो समयदेखि उठाएका संस्थागत लगानीकर्तालाई लगाइएको २० करोडको क्याप खारेजको माग केन्द्रीय बैंकले सम्बोधन गरेको छ । तर, व्यक्तिगत रूपमा लिइने १५ करोडसम्मको सीमा भने यथावत् राखिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?