National life

लोकतन्त्रको उपभोग गर्नुपर्ने गाउँ रित्तिँदै गएकामा चिन्ता लिन राष्ट्रपति पौडेलको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० पुस २०८०, मङ्गलबार
676Shares
लोकतन्त्रको उपभोग गर्नुपर्ने गाउँ रित्तिँदै गएकामा चिन्ता लिन राष्ट्रपति पौडेलको आग्रह
ncell

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रपछि गाउँ–गाउँमा विकास पुगे पनि त्यसको उपभोग नागरिक अभावमा गाउँ रित्तिँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

मङ्गलवार ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसको ६५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गाउँ रित्तिने अवस्थाको समाधान खोज्न आग्रह गरेका छन्।

‘लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणका क्षेत्रमा भएको विकासका बाबजुद त्यसको उपभोग गर्ने नागरिक अभावमा गाउँ किन रित्तिँदै छन्रु नीति निर्माण र शासन सत्तामा बस्नेलगायत सबैको चिन्ता आज यसैमा केन्द्रित हुनुपर्छ’, राष्ट्रपति पौडेलले भने।

राष्ट्रपति पौडेलले कुनै पनि देशको शिक्षा सामाजिक, आर्थिक अवस्था र आवश्यकताअनुरूप निर्धारण हुनुपर्नेमा जोड दिँदै बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पुर्‍याउने र विश्व बजारमा पनि प्रतिस्पर्धी हुन सक्ने शिक्षा नीति तथा कार्यक्रम निर्माण गर्न सुझाव दिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘यसका लागि सामूहिक प्रयत्न जरुरी छ, जसको थालनी उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाबाट हुन आवश्यक छ’, उनले भने। सबै नेपालीका छोराछोरीले शिक्षा प्राप्त गर्न अत्यन्त कठिन भइरहेका ती दिनमा पनि सस्तो सुलभ ढङ्गले उच्च शिक्षा अध्ययन गर्ने अवसर प्रदान गरेको सरस्वती क्याम्पस नेपालको शिक्षा क्षेत्रका लागि प्रेरणाको स्रोत बनेको राष्ट्रपति पौडेलले उल्लेख गरे।

यो समाचार शेयर गर्नुहोस्
676SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?