National life

वर्षेनि मुलुकको बजेट र व्यापार घाटा बराबरी हुन थाल्यो : अध्यक्ष मल्ल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ पुस २०८०, मङ्गलबार
635Shares
वर्षेनि मुलुकको बजेट र व्यापार घाटा बराबरी हुन थाल्यो : अध्यक्ष मल्ल
ncell

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा विद्यमान व्यापारघाटालाई कम गर्न निर्यात सहजीकरण बनाउनुपर्ने बताएका छन्।

झापा चेम्बर अफ कमर्सको छैठौं वार्षिक साधारणसभालाई सम्वोधन गर्दै अध्यक्ष मल्लले विद्यमान व्यापार घाटा कम गर्नका लागि कृषि एवं खानीजन्य बस्तुहरुको पहिचान एवं प्रर्वद्धनसँगै निर्यात सहजीकरण हुनुपर्नेमा जोड दिएका छन् ।

उनले भने , ‘आर्थिक समृद्धि र विकासको बाधक मुलुकको चरम व्यापार घाटा पनि हो, आन्तरिक उत्पादन नहुँदा कृषि जन्य बस्तुहरुमा समेत परनिर्भरता बढ्दो क्रममा छ, सम्भावना भएका क्षेत्रहरुको पहिचान गरी निर्यात सहजीकरण गरिनुपर्दछ,।’

चालु आर्थिक वर्षको ५ महिनामा नै व्यापार घाटा ५ खर्व ९७ अर्व रुपैयाँ नाघेको भन्दै अध्यक्ष मल्लले प्रत्येक वर्ष मुलुकको व्यापारघाटा बजेट कै हाराहारीमा हुन थालेको भन्दै चिन्ता ब्यक्त गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने हो भने कृषि, खानी, जलविद्युत, पर्यटन र सूचना प्रविधियुक्त क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर नीति योजना बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिएका हुन।

निर्यातयोग्य बस्तुहरुको पहिचान र प्रर्वद्धन सम्वन्धी ठोस नीतिगत व्यवस्थाका लागि नेपाल चेम्बर अफ कमर्सले पनि पहल गरिरहेको मल्लले बताए।

सरकारले निर्यात वृद्धिका लागि विभिन्न नीति अघि सारेपनि व्यवहारिक परिणाम आउन नसकेको अध्यक्ष मल्लले बताए। झापा, इलाम, तेह्रथुम लगायतका जिल्लामा चिया, अलैंची लगायतका वस्तुहरु निर्यात गरेर अर्वौ रुपैया भित्र्याउन सकिने अध्यक्ष मल्लको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
635SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?