National life

विद्युत निर्माणमा बनसम्बन्धी समस्या समाधानको पहल गरिदिन देउवालाई इप्पानको आग्रह 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ असोज २०८१, आइतबार
474Shares
विद्युत निर्माणमा बनसम्बन्धी समस्या समाधानको पहल गरिदिन देउवालाई इप्पानको आग्रह 
ncell

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले जलविद्युत आयोजना निर्माणमा हुने वन क्षेत्रका समस्याहरू समाधानका लागि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग छलफल गरेको छ । इप्पानका प्रतिनिधीहरुले आज आइतबार पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवासँग उनकै निजी निवास बुढानीलकण्ठमा भेटघाट गर्दै यस क्षेत्रका समस्याहरूका समाधानका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

सो क्रममा सभापति देउवाले अहिले ऊर्जा र वन मन्त्रालयको नेतृत्व कांग्रेसले पाएकाले यस क्षेत्रका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । इप्पानले निकुञ्ज तथा संरक्षण क्षेत्रले जलविद्युत आयोजना निर्माणमा अवरोध पुर्‍याएको भन्दै यस्ता अवरोध हटाउनका लागि आग्रह गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सभापति देउवासँगको भेटमा इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले जलविद्युत आयोजनाको निर्माण पहाडी र हिमाली क्षेत्रमा मात्रै हुने र ती क्षेत्र कुनै न कुनै निकुञ्ज वा संरक्षण क्षेत्रका नाममा राखिएकाले ती क्षेत्रमा पहिचान गरिएका १८ हजार मेगावाट क्षमताका २ सय बढी जलविद्युत आयोजनाको भविष्य अन्योलमा परेको बताए ।

निजी क्षेत्रले आयोजना पहिचान गर्न अर्बौँ रुपैयाँ खर्च गरिसकेकोले लगानीको सुरक्षाका लागि पनि आयोजना निर्माणमा सहजीकरण गरिदिन उनले  आग्रह गरेका थिए । यस्तै इप्पानका महासचिव बलराम खतिवडाले निकुञ्ज र संरक्षण क्षेत्रमा परेका जलविद्युत आयोजनालाई ती निकायबाट अध्ययन सहमति नदिइएकाले दर्जनौँ आयोजनाको लाइसेन्स नै खारेज हुने अवस्थामा पुगेको बताए।

वनकै कारण ऊर्जा लगायत सम्पूर्ण पूर्वाधार निर्माणका काममा समस्या आउनुका साथै वनकै कारण समयमै जग्गा प्राप्ति गर्न नसक्दा नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन निर्माण गर्न नसकेर निजी क्षेत्रले उत्पादन गरेको सयौँ मेगावाट बिजुली समेत खेर गइरहेको इप्पानको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
474SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?