National life

शिक्षकले दलको सदस्यता नत्यागे कारबाही गर्छौँ : शिक्षामन्त्री श्रेष्ठ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ चैत २०८०, शुक्रबार
842Shares
शिक्षकले दलको सदस्यता नत्यागे कारबाही गर्छौँ : शिक्षामन्त्री श्रेष्ठ
ncell

काठमाडौँ। शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिक दलको सदस्यता नत्याग्ने शिक्षकलाई कडा कारबाही गरिने बताएकी छन्। त्यसको लागि सार्वजनिक रूपमा आह्वान गरिएको र त्यस्ता शिक्षकहरूका बारेमा सूचना दिन आह्वान समेत गरेकी छन्।

कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले शिक्षकहरूलाई राजनीतिक दलको सदस्यता त्याग गर्न आग्रह गरिएको बताइन्।  ‘शिक्षालाई दलीय राजनीति मुक्त क्षेत्र बनाउन राजनीतिक दलमा आबद्ध शिक्षकलाई दलीय सदस्यता त्याग्न आह्वान गरेका छौ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जनतालाई दलमा सक्रिय शिक्षकबारे उजुरी गर्न सार्वजनिक आह्वान गरेका छौ। र कारबाही गर्न कार्यविधिबारे स्पष्टता ल्याइएको छौँ’ उनले भनिन्।

त्यस्तै शिक्षा ऐन, २०२८, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ ले समेत शिक्षकलाई दलको सदस्य बन्न नपाउने व्यवस्था गरेको छ। त्यस्तै उच्च अदालत पाटनको २०७८, मङ्सिर १९ गतेको राजनीतिक दलमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयलाई आदेश दिएको थियो।

विविध कारणले पनि राजनीतिक दलको सदस्यता लिने शिक्षकलाई कारबाही गरिने बताएकी हुन्। मन्त्री श्रेष्ठले पहिलो निर्णय नै शिक्षालाई दलीय राजनीति मुक्त क्षेत्र बनाउन ‘विश्वविद्यालयको नेतृत्व प्राज्ञिक तथा विज्ञ व्यक्तित्वबाट हुने गरी कानुनी प्रबन्ध गर्ने निर्णय गरेकी थिइन्।

यो समाचार शेयर गर्नुहोस्
842SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?