काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न निषेध गरेकोप्रति आपत्ति जनाएका छन् ।
आज बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद वाग्लेले सहकारी प्रकरणको सम्बन्धमा गृहमन्त्री रवि लामिछानेलाई रोस्ट्रममा उभिएर जवाफ दिन नदिएर निषेध गरिएको र यो नैतिकहिन क्रियाकलाप भएको बताएका छन्।
कांग्रेसले सहकारीको विषयमा महाकाव्य नै लेख्न बसे जसरी दिनहुँ एउटै कुरा दोहोराएको र उक्त विषयमा गृहमन्त्री लामिछानेलाई जवाफ दिन समेत निषेध गरेको भन्दै आपत्ति जनाएका छन्।
सांसद वाग्ले ले भने भने, आरोप लाग्नासाथ मन्त्रीबाट मात्रै होइन सांसदबाट पनि राजीनामा गर्नेगरी सर्वदलीय सहमति गर्न प्रस्ताव गरौं ।
आरोप लाग्नासाथ र जाहेरी पर्नासाथ राजीनामा दिने र संसदीय समिति गठन गर्ने नजिर स्थापना गर्न अन्य दल तयार भए रास्वपा पनि तयार छ।, कांग्रेसले समाधान भन्ने कुरा काहीकतै नदेखेको र प्रयोग नगरेको उनको टिप्पणी छ ।

































