National life

सरकारप्रति मेयर बालेनको आक्रोश 'कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाड्दिन्छु'

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ चैत २०८१, मङ्गलबार
567Shares
सरकारप्रति मेयर बालेनको आक्रोश 'कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाड्दिन्छु'
ncell

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफ्ना कर्मचारीले तलब नपाएपछि सामाजिक सञ्जाल मार्फत आक्रोश पोखेका छन् ।

सरकारको दम्भका कारण महानगरका सरसफाइ कर्मचारीले विगत तीन महिनादेखि तलब नपाएको भन्दै मेयर बालेनले आक्रोश व्यक्त गरेका हुन् । उनले आक्रोशित शैलीमा अबको एक हप्तामा सरकारले तलबको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “को–कोले के–के आन्दोलन गर्ने हो, मलाई थाहा छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाड्दिन्छु ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्योपछि हेरौँला तिमीहरूको के–के तन्त्र हो !”

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको कारण सरकारको तीव्र आलोचना भएको समयमा बालेनको आक्रोशका कारण केपी ओली नेतृत्वको सरकारको चर्को आलोचना भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
567SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?