काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघले कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई ज्ञापन पत्र बुझाएको छ।
महासंघले बुझाएको उक्त ज्ञापन पत्र तत्काल कार्यान्वयनमा नआएको खण्डमा महासंघले बृहत आन्दोलनको घोषणा गर्ने जनाएको छ । महासंघले आज ९बिहीबार० पत्रकार सम्मेलन गर्दै माग सम्बोधन नभए तत्काल आन्दोलनको घोषणा गर्ने जनाएको छ ।
महासंघ पदाधिकारीले बुधवार नै कार्यवाहक सिंह र मङ्गलवार भौतिक मन्त्री दाहाललाई भेटेर बक्यौता भुक्तानी दिनुपर्ने मागसहितको ज्ञापन पत्र बुझाएका छन्।
महासंघले दुवै मन्त्रीलाई भेटेर भुक्तानी छिटो गर्न र काम गर्न नसकिने आयोजनाको ठेक्का सुबिस्ताका आधारमा ठेक्का तोड्नुपर्नेलगायत विभिन्न माग राखेको छ।
देशभरि ४०० वटा अस्पताल एक्कै पटक बनाउने जनशक्ति पनि नेपालमा नभएकाले महासंघले सुबिस्ताको आधारमा ठेक्का तोड्न सरकालाई सुझाव दिएको छ। सरकारले भुक्तानी नदिँदा दसैं–तिहारमा कर्मचारीलाई बोनस होइन, तलब पनि दिन नसक्ने अवस्था व्यवसायी पुगेको अध्यक्ष रवि सिंहले बताए।
कर्मचारीलाई तलब खुवाउन नसक्ने समस्या निर्माण व्यवसायीको मात्रै नभएर अरु सिमेन्ट, डन्डी कारोबार गर्ने व्यवसायीमा पनि भएको छ महासंघको भनाई छ ।


































