काठमाडौँ। नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार जनताको घेराबन्दीमा परेको बताएका छन्।
बिहीबार प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै उनले भोलिदेखि विपक्षी दलहरूको समेत घेराबन्दीमा पर्ने बताएका छन् । सरकार बनेको दिनदेखि नै केपी ओली नेतृत्वको गठबन्धन सरकार असफल भएको उनको दाबी छ ।
‘सरकार यति आतङ्कित छ कि जनताको घेराबन्दीमा परेको छ ।
भोलिदेखि विपक्षीहरूको घेराबन्दीमा पर्दै छ। अहिले सत्तारुढ पार्टीका पनि हरेक दिन बैठक बसिराखेका छन्। विधेयकको विरोध गर्यो भने प्रतिवाद गर्नुपर्छ भन्छ। यसको अर्थ सरकार कमजोर भयो भनेर बुझ्नुहोला । उनले भने ।
उनले ओली सरकार सदनदेखि भागिरहेको आरोप लगाउँदै सरकारले ल्याएको अध्यादेशमा बदनियत पूर्ण विषय भएको बताए। ‘सबैभन्दा खतरनाक कुरा भूमि विधेयकमा समेटिएको छ । आफ्ना कार्यकर्तालाई जग्गा बाँड्न विधेयक ल्याइएको छ । अहिले फास्ट ट्र्याकको कुरा आइराखेको छ, म भन्छु–विधेयक छलफल गर्ने समितिमा हो सापकोटाले भने ।


































