National life

सरकारले आर्थिक वृद्धि ७ प्रतिशत पुर्‍याउने गरी काम गरिरहेको छ: अर्थमन्त्री पुन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ वैशाख २०८१, बिहिबार
431Shares
सरकारले आर्थिक वृद्धि ७ प्रतिशत पुर्‍याउने गरी काम गरिरहेको छ: अर्थमन्त्री पुन
ncell

काठमाडौँ। अर्थमन्त्री वर्षमान पुनले देशको वित्तीय नीति र मौद्रिक नीतिमा एकरूपता कायम गर्ने विषयमा प्रतिबद्धता जनाएका छन् । सरकारले यस वर्ष नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिमा एकरूपता कायम गर्नेमा अर्थमन्त्री पुनले प्रतिबद्धता जनाएका हुन् ।

प्रि बजेटरी छलफलमा अर्थमन्त्री पुनले भने , ‘विगतमा नीति तथा कार्यक्रम एकातिर, वित्तीय नीति र मौद्रिक नीतिका विषयहरू फरक फरक जस्तो देखियो, आपसमा बाझिएको पनि देखियो तर यस पटक एकदमै समन्वय गरेर एकरूपता कायम गर्ने कुरामा हामी सजक छौ ।’

हामीले राष्ट्र बैंकसँग पनि कुराकानी गरिहेका छौं ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
स्वायत्तता भनेर निजि क्षेत्रको मनोबल गिराउने कार्यलाई सरकारले स्वीकार गर्दैन । हामीले मिलाएर अघि बढाउँदैछौं । 'अर्थमन्त्री पुनले भने'

अर्थमन्त्री पुनले सरकारले आगामी आर्थिक वर्षमा ७ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि गर्ने लक्ष्य लिनुपर्ने बताएका छन् । भूकम्पपछि पूर्वाधार निर्माणको क्षेत्रमा भएको लगानीका कारण आर्थिक वृद्धि बढी देखिएको र अहिले उक्त केही घटेको बताउँदै आगामी वर्ष सरकारले आर्थिक वृद्धि ७ प्रतिशत पुर्‍याउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

हाल बजेटमा धेरै थरीका सुझावहरू आइरहेको बताउँदै अर्थमन्त्री पुनले एका थरीले तुरुन्त कर बढाउनु पर्दछ भनेर बहस गरिरहेको र एका थरीले बजेटमा करको दर घटाउनुपर्दछ भनेर लबिङ गर्ने गरेको सुनाएका छन् र तर त्यो बिचमा आफूले बडी ल्याङ्ग्वेजबाट समेत कुनै प्रतिक्रिया नदिएको बताएका छन् ।

सरकारले आफ्नै रिसर्चबाट काम गरिरहेको बताउँदै बजेट कुनै प्रभावमा परेर गर्दैनौं । हरेक निर्णयमा कारणसहित सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । अर्थमन्त्री पुनले बजेट निर्माणको लागि धेरै क्षेत्रसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भइसकेको र अधिकांश क्षेत्रको कुरा सुनिएको बताउँदै अब धेरै क्षेत्रको कुरा सुन्न बाँकी नभएको बताए ।

यो समाचार शेयर गर्नुहोस्
431SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?