National life

सरकारले तोकेका निषेधित क्षेत्रहरु तोडेर प्रदर्शन गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको चेतावनी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ चैत २०८०, आइतबार
406Shares
सरकारले तोकेका निषेधित क्षेत्रहरु तोडेर प्रदर्शन गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको चेतावनी
ncell

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत्र २७ गते सरकार विरुद्ध विरोध प्रदर्शनको कार्यक्रम गर्ने भएको छ । उक्त प्रदर्शनमा अध्यक्ष लिङदेनले सरकारले तोकेका निषेधित क्षेत्रहरू तोडेर अघि बढ्ने बताएका छन्।

आज आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष लिङदेनले सरकारले कथित रूपमा तोकेका निषेधित क्षेत्रहरू राप्रपाका लागि मान्य नहुने बताएका हुन्।

लिङदेनले राप्रपाले शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने बताउँदै सरकारले जुलुसलाई उत्तेजित बनाउन र अवरोध सिर्जना नगर्न आग्रह गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले संविधानले दिएको प्रजातान्त्रिक क्रियाकलाप अन्तर्गत विरोध गर्न पाउने अधिकारलाई सरकारले कुण्ठित पार्दै लगेको बताए ।

उनले प्रदर्शन शान्तिपूर्ण हुने, सर्वसाधारणलाई असुविधा पुग्ने कुनै क्रियाकलाप नगर्ने स्पष्ट पारे । कथित निषेधित क्षेत्र घोषणा गरेर सरकारले अवरोध गर्न खोजे राप्रपाले प्रतिवाद गर्ने पनि उनले चेतावनी दिए । यसका साथै उनले शनिवारको प्रदर्शनमा राजनीतिक दलहरूको प्रदर्शनका क्रममा प्रहरीले लाठी चार्ज गरेको र भिक्षुहरूमाथि लात्ती प्रहार गरेको भन्दै भर्त्सना गरेका छन्।

उनले भने, ‘हाम्रो आन्दोलनमा हिंसात्मक गतिविधि हुँदैनन्, तोडफोडका कामहरू हुने छैनन् । त्यो क्रममा सरकारले जुलुसलाई उत्तेजित बनाउने, अवरोध सिर्जना गर्ने काम नगरोस् । प्रधानमन्त्री र गृहमन्त्रीलाई म विशेष के आग्रह गर्न चाहन्छु भने पछिल्लो दिनमा प्रजातान्त्रिक क्रियाकलापहरू संविधानले नै दिएको सुविधा, विरोध प्रदर्शन गर्न पाउने, सभा सम्मेलन गर्न पाउने अधिकारलाई कुण्ठित गर्दै जुन निषेधित क्षेत्र घोषणा गरेर प्रदर्शनहरूलाई साँघुरो बनाउने जुन प्रयत्नहरू भइरहेको छ ।'

उनले थपे,'हिजो मात्रै पनि केही राजनीतिक दलका प्रदर्शनहरूमाथि लाठी चार्ज भयो । भिक्षुहरूलाई लात्ती मुड्की गर्ने काम भयो । त्यसको म निन्दा र भर्त्सना गर्दछु । राप्रपाले शान्तिपूर्ण ढंगले प्रदर्शन गर्नेछ । मुख्य सडकहरूमा जुलुस निकाल्नेछ । जन साधारणलाई असुविधा हुने कुनै क्रियाकलाप गर्नेछैन ।

यो समाचार शेयर गर्नुहोस्
406SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?