National life

सरकारसँग बालेनको आग्रह: तीनकुने जग्गाको मुआब्जा वितरण गरिदिनुस्

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ पुस २०८१, शुक्रबार
600Shares
सरकारसँग बालेनको आग्रह: तीनकुने जग्गाको मुआब्जा वितरण गरिदिनुस्
ncell

काठमाडौँ । काठमाडौँ महानगरका नगर प्रमुख बालेन्द्र साहले तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग आग्रह गरेका छन् ।

आज काठमाडौँमा काटेश्वर महोत्सवको उद्घाटन गर्दै मेयर शाहले यस्तो आग्रह गरेका हुन। उनले तीनकुनेको जग्गाको मुआब्जा वितरण आफ्नो उमेर भन्दा बढी समयसम्म पनि नगरिनु दुःखद रहेको भन्दै आपत्ति जनाएका छन् । अहिले दुई तिहाइको सरकार रहेको भन्दै अहिलेको सरकारले चाहे मुआब्जा वितरणमा कुनै समस्या नहुने उनको धारणा छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसका लागि जग्गाधनीहरूले स्थानीय सरकार र संघ सरकारलाई दबाब दिन शाहले सुझाव दिएका छन् ।

उनले भने, ‘यो कार्यक्रमको लागि जग्गा उपलब्ध गराइदिनुभएकोमा जग्गाधनीलाई पनि विशेष धन्यवाद। पचासौँ वर्षदेखि समस्या समाधान भएको छैन, उहाँहरूले मुआब्जा पाउनुभएको छैन। कहिले कुन सरकार हुँदा अपोजिसनले मान्छ की मान्दैन, मुआब्जा दिन भनिन्थ्यो, कहिले अर्को सरकार हुँदा अरू बहुमत हुनेले मान्छ की मान्दैन भन्ने हुन्थ्यो । यसपालि बहुमत दुई तिहाइको सरकार छ । तर पनि केही गरेकै छैन। कोही नेता घरमा आश्वासन दिन आउनुभएको छ ? तपाईँहरूको प्रोसेसमा छ, तपाईँहरूको काम हुँदै छ भन्यो भने नपत्याउनु होला । कुनै पनि प्रोसेस भएको छैन । केही काम भएको छैन।''

तीनकुनेको जग्गाको मुआब्जा दिनलाई सरकारले व्यक्तिको जग्गा एक हिसाबले लुटेर राखेको आरोप लगाएका छन् ।  यसको मुआब्जा दिन कुनै पनि प्रोसेस भएको छैन । यसको लागि चाँडै होस् भन्ने अब शुभकामना मात्रै दिन सकिन्छ। किनभने अहिले दुई तिहाइको सरकारले चाह्यो भने जे पनि गर्न सक्छ । गृहमन्त्री आफ्नै, प्रधानमन्त्री आफ्नै, अर्थमन्त्री आफ्नै, पैसा आफ्नै सञ्चालन आफ्नै, सबै आफ्नै हाम्रो त उमेर भन्दा पनि बढी भइसक्यो यहाँको जग्गा लुटिएको। के भन्नु र ? यहाँको मान्छेले दुःख पाउनुभएको छ ।’ उनले निराशाको भावमा भने

यो समाचार शेयर गर्नुहोस्
600SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?