National life

सरकार जबाफदेही बन्नुको साटो तानाशाही बन्न खोजेको कांग्रेसको निष्कर्ष

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ वैशाख २०८१, आइतबार
784Shares
सरकार जबाफदेही बन्नुको साटो तानाशाही बन्न खोजेको कांग्रेसको निष्कर्ष
ncell

काठमाडौँ। कांग्रेसले सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग सम्बोधन गर्नुको साटो सरकार संसद् अधिवेशन अन्त्य गरेर भागेको आरोप लगाएको छ ।

आज बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले सरकार जबाफदेहिताबाट भागेर गैरजिम्मेवारी पूर्वक प्रस्तुत भएको निष्कर्ष निकालेको हो। बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दे सरकार जबाफदेही बन्नुको साटो तानासाही बन्न खोजेको निष्कर्ष बैठकले निकालेको जानकारी दिएका छन् ।

संघीय संसदमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससहित विपक्षी दलहरूले सहकारीमा बचत भएको रकम हिनामिना, अपचलन, दुरुपयोग र ठगी भएको विषय उठाउँदै आएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सत्तापक्षकै कतिपय सांसदहरूले समेत विपक्षीका मागमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराई रहेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
784SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?