National life

सहकारीको रकम अपचलन गर्ने हर कसैलाई कारबाही हुनुपर्छ: काँग्रेस नेता विश्वकर्मा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ पुस २०८०, बिहिबार
570Shares
सहकारीको रकम अपचलन गर्ने हर कसैलाई कारबाही हुनुपर्छ: काँग्रेस नेता विश्वकर्मा
ncell

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा सहकारीमार्फत जनताको रकम अपचलन गर्ने जोसुकै भएपनि कारबाहीको दायरामा ल्याउनुपर्ने समितीका सदस्यहरुले भनाई राखेका छन्।

समितिको बैठकपछि कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले विद्यमान कानुन र सरकारले लिएको नीतिका आधारमा त्यस्ता व्यक्तिहरुलाई कठघरामा उभ्याउनुपर्ने र सर्वसाधारणको पैसा तुरुन्तै पाउनुपर्ने बताएका छन्।

‘देशको नीति र कानुनले पनि समेटेन भने जनताको आफ्नो बचतलाई जसरी पनि फिर्ता आउँछ भन्ने सुनिश्चितता दिने काम सरकारको हो’, नेता विश्वकर्माले भने, ‘किनभने सरकारले स्वीकृति दिएर खोलेका सहकारीहरुले यसरी जनतालाई ठग्न पाइँदैन।’

उनले राजनीतिक नेता वा सानो ठुलो जो भएपनि कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने कांग्रेसको धारणा रहेको बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
‘सहकारीमा भएको आर्थिक अनियमितता, अपचलन र ठगीजस्ता विषय अहिलेमात्र होइन लगभग कोभिड १९ पछि नै उठेको थियो’, उनले भने, ‘कतिपय सहकारी बाध्यात्मक कारणले अप्ठेरोमा परेका थिए भने कतिपयको नियतबस नै जनताका पैसा र व्यापारी व्यवसायीका पैसा संकलन गरेर आफ्नो फाइदा लिन लागेको विश्वकर्माको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
570SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?