National life

सहकारी पीडितलाई न्याय दिन खर्चिने समय मलाई दोषी देखाउन खर्च गरियो: लामिछाने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ असोज २०८१, शुक्रबार
615Shares
सहकारी पीडितलाई न्याय दिन खर्चिने समय मलाई दोषी देखाउन खर्च गरियो: लामिछाने
ncell

काठमाडौँ । सूर्य थापा नेतृत्वको सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । समितिले शुक्रवार ११ सय २४ पृष्ठको पूर्ण प्रतिवेदन सार्वजनिक गरेको हो ।

उक्त प्रतिवेदनमा रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको बयान समेत उल्लेख छ । बयानमा रविले आफूलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई धेरै जटिल बनाइएको बयान दिएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले बयानमा जीवी राईले आफ्नो नाममा र सयौँ अन्य व्यक्तिहरूको नाममा लिएको ऋण फर्जी भएको उल्लेख गरेका छन् ।

रास्वपाका सभापति समेत रहेका लामिछानेले सहकारीबाट एक रुपैयाँ नलिएको र गोरखा मिडियामा रहँदा आफ्नो विज्ञताको जिम्मेवारी बाहेक अन्य कार्यमा संलग्नता नरहेको समितिलाई बयान दिएका छन् । लामिछानेले समितिले सोधेका ५१ वटा प्रश्नको प्रश्नको जवाफ दिएका छन्।

'मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई एकदमै धेरै जटिल बनाइयो। जबकि मेरो संलग्नता ग्यालेक्सी टेलिभिजनबाट सुरु भएर ग्यालेक्सी टेलिभिजनबाटै सकिन्छ, तर यसलाई राजनीतिक विषय बनाइँदा सहकारी प्रति नै मानिसको विश्वास उड्यो जसले अर्थतन्त्रलाई निकै ठुलो धक्का दियो।

सहकारी पीडितलाई न्याय दिन खर्च गर्नु पर्ने समय मलाई दोषी देखाउन खर्च गरियो। यो विषय फौजदारी कसुरको विषय हो। यसलाई अनुसन्धान गर्ने निश्चित निकायहरू विद्यमान छन्। र ती निकायहरूले आफ्नो सम्पूर्ण क्षमता लगाएर अनुसन्धान गरेका पनि हुन् । सहकारीको बचत रकम अपचलन गर्नेहरू अनुसन्धानको दायरामा छन्। प्रमाणले भ्याएकाहरू कोही छुटेका छैनन्। कुनै पनि व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन सानो भन्दा सानो आधार पनि पर्याप्त हुन्छ'' लामिछानेले आफ्नो बयानमा भनेका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
615SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?