National life

रोकिएन सुनको मूल्य बढ्नेक्रम, १ लाख ३५ हजार पुग्ने अध्यक्ष शाक्यको अड्कल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ पुस २०८०, शुक्रबार
733Shares
रोकिएन सुनको मूल्य बढ्नेक्रम, १ लाख ३५ हजार पुग्ने अध्यक्ष शाक्यको अड्कल
ncell

काठमाडौं । आज शुक्रवारका दिन सुनको मूल्यमा प्रतितोला नगद रु ८ सय रुपैयाँले बजार भाउ बढेको छ । उसो त आज मात्रै नभएर समग्रमा यो साताभर नै सुनको मूल्य बढेको छ ।

विभिन्न मुलुकमा जारी द्वन्द्व  र अमेरिकी रिजर्भ बैंक फेडले ब्याजदर कटौती गर्ने नीति लिएका कारण विश्व बजारमा सुनको मूल्यमा थप प्रभाव परेको कारण साताभरमा सुनको मूल्य उच्च हुन गएको विश्लेषकहरूले बताएका छन्।

नेपाली बजारलाई हेर्ने हो भने यो साता सुनको मूल्यमा वृद्धि भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पुष १ गते, आइतबार सुन प्रतितोला एक लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो त्यसपछि सोमबार सोही मूल्य कायम भएको थियो अर्थात् मूल्य स्थिर रहेको थियो ।

त्यस लगत्तै सुनको मूल्य मंगलबार र बुधवार भने महँगिएको थियो। बिहीबार भने सुनको मूल्य स्थिर रहेर प्रतितोला एक लाख १९ हजार रुपैयाँ कायम भएको थियो जुन साताको पछिल्लो कारोबार भएको दिन शुक्रवार प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख १९ हजार ८०० पुग्यो । साताको पहिलो दिनको तुलनामा अन्तिम दिनसम्ममा सुन प्रतितोला २ हजार रुपैयाँले बढेको देखिन्छ ।

यस साता नेपाली बजारमा चाँदीको मूल्य पनि वृद्धि भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ४५५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रवार प्रतितोला एक हजार ४८५ रुपैयाँ कायम भएको छ । साताभरमा चाँदी तोलामा ३० रुपैयाँले महँगिएको छ ।

विश्व बजारमा सुनको भाउ बढिरहेको छ । विज्ञहरूले २०२४ मा सुनको भाउ ३ हजार डलर हाराहारी पुग्ने प्रक्षेपण गरिरहेका छन् । सुनको भाउले पहिलेको रेकर्ड तोडेर पछिल्लो एक महिनायता २ हजार डलर बराबरमा सुन कारोबार भएको तथ्याङ्कमा उल्लेख छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्य भन्छन्, अब सुनको भाउ २ हजार भन्दा तल आउने सङ्केत देखिँदैन । २ हजार भन्दा माथि नै रहेर २ हजार पाँच सय डलर देखि ३ हजार डलरसम्म पुग्ने सम्भावना बढी देखिन्छ।

अहिले पनि ६० प्रतिशत बजार हाम्रो विदेह नै हो हामीले तयार पारेको गहना विदेशमा रहने हाम्रै नेपाली दाजुभाइ दिदी बहिनीले खपत गरिरहनुभएको छ , नेपालमा कारोबार हुने भनेको त्यही ४० प्रतिशत हो अब यसरी अस्वाभाविक रूपमा मूल्य बढ्न थालेपछि त्यो पनि घट्ने सम्भावना बढेर गएको छ ।

अङ्ग्रेजी नयाँ वर्षमा सुनको मूल्यले रेकर्ड कायम गर्न सक्ने आकलन गर्न सकिन्छ २०२५सम्म यही रफ्तारमा बजार बढ्ने हो भने नेपाली बजारमा सुनको मूल्य १ लाख ३५ हजार बाट माथि नै जाने अनुमान लाउन सकिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
733SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?