National life

साताको समीक्षा: सुनचाँदीको मूल्यमा गिरावट, कस्तो रहला असार महिनामा कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३२ जेठ २०८१, शुक्रबार
835Shares
साताको समीक्षा: सुनचाँदीको मूल्यमा गिरावट, कस्तो रहला असार महिनामा कारोबार ?
ncell

काठमाडौँ । यस साता  साता विश्व बजारमा सुनको मूल्य घट्दो क्रममा रहेको छ । अमेरिकी डलरको विनिमय दरमा देखिएको मजवुति र अमेरिकी रिजर्भ बैंक फेडले सार्वजनिक गर्न लागेको अमेरिकी बजारको मुल्यवृद्धि दरमा देखिएको नियन्त्रण लगायतका कारणले सुनको मूल्य घटाउन सहयोग पुगेको विश्लेषकहरूले बताएका छन्।

साताको पहिले कारोबारकादेखि लगातार तीन दिन स्थिर रहेको सुनको मूल्य चौथो दिन सामान्य बढेर पाँचौँ दिन स्थिर रही छैटौँ दिन पुनः ओरालो लागेको हो । नेपाली बजारमा पनि यो साता सुनको मूल्यमा गिरावट आएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कारोबार साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख २० हजार ८ सय ८५ रुपैयाँ मूल्य कायम भएको सुनको मूल्यमा तेस्रो दिन मङ्गलवार सम्म स्थिर नै कायम भएको हो ।

निरन्तर तीन दिनसम्म स्थिर रहेको सुनको मूल्य साताको चौथो कारोबारका दिनमा आएर भने सामान्य बढेर प्रति १० ग्राम १ लाख २१ हजार ४ सय रुपैयाँ पुगेको थियो । त्यस्तै पाँचौँ दिन बिहीबार स्थिर रहेको सुनको मूल्य यस साताको अन्तिम  कारोबारका दिन सामान्य अंकले घटेर प्रति १० ग्राम १ लाख २१ हजार ५५ रुपैयाँ कायम भएको छ ।

साताभर भएको सुनचाँदीको कारोबारमा यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि सामान्य घटेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ५ सय ६५ रहेको मूल्य साताको अन्तिम कारोबारका दिन शुक्रवार प्रति १० ग्राम १ हजार ५ सय ४३ रुपैयाँ कायम  भएको छ।

साताभरमा भएको कारोकारका आधारमा यस साता सुनको मूल्यमा गिरावट आएको भएपनि समग्रमा सुनको मूल्य थप चर्केर जाने कारणहरु जिबित रहेको नेपाल सूनचाँदी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताए । अध्यक्ष शाक्यका अनुसार सुनको भाउ अस्वाभाविक रूपमा बढेको र हालको परिस्थितिलाई नजरअन्दाज गर्दा तत्काल मूल्यमा भारी गिरावट आउन सक्ने कुनै कारण नबनेको बताएका छन् ।

अन्तर्राष्ट्रिय बजारमा सुन लगानी सुरक्षित गर्ने भरपर्दो माध्यम मानिन्छ । जसको कारण सङ्कटमा सुनमा लगानी थपिन जान्छ जसको कारण अन्य देशमा मूल्यमा वृद्धि हुन जान्छ शाक्यले आफ्नो भनाइमा थप गरे । त्यस्तै अहिले रुस र युक्रेन युद्धको त्रास बढ्दो छ । युद्ध नरोकिने हो कि भन्ने त्रास पनि देखिएको छ यसले पनि विश्वभरका लगानीकर्ता सुनतर्फ आकर्षित भएको अनुमान गरिएको छ ।

लगानीका रूपमा मानिएको छ र लगानी सुनमाथि नै थुप्री रहेको छ जस कारण विश्व बजारमा सुनको भाउ आकासिएसँगै नेपाली बजारमा पनि यसको प्रभाव पर्न आएको बताएका छन् । शाक्यले सुनको मूल्यमा थप वृद्धि हुनसक्ने प्रस्ट कारण रहेको बताए।

यो समाचार शेयर गर्नुहोस्
835SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?