National life

सुन चाँदी व्यवसायीको कला र सीपलाई सम्मान गरिनुपर्छ: मुख्यमन्त्री शाह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ चैत २०८०, आइतबार
511Shares
सुन चाँदी व्यवसायीको कला र सीपलाई सम्मान गरिनुपर्छ: मुख्यमन्त्री शाह
ncell

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सुन चाँदी व्यवसायलाई समयानुसार आधुनिकीकरण गर्दै लैजानुपर्ने बताएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ सुदूरपश्चिम प्रदेश समितिद्वारा आयोजित चौथो प्रदेशसभा तथा दोस्रो अधिवेशन कार्यक्रमको सम्बोधन गर्दै शाहले अग्रजले परम्परागत रूपमा गर्दै आएको व्यवसायलाई समयानुसार परिमार्जन गर्दै लैजानुपर्नेमा बताएका छन्।

पछिल्लो समय विदेशी गहनाहरूले बजार लिइरहेको अवस्थामा नेपाली गहना ओझेलमा पर्न सक्ने खतरा रहेको उनको शाहको भनाई छ । उनले परम्परागत मौलिक संस्कृति झल्किने गरगहना लोपोन्मुख अवस्थामा रहेकाले त्यसको संरक्षण गर्न आवश्यक रहेको बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मुख्यमन्त्री शाहले सुन चाँदी व्यवसायको कला र सीपलाई समाजले सम्मान गर्न आवश्यक रहेको उनको भनाई छ। सुनचाँदी व्यवसायलाई मर्यादित र व्यवस्थित गर्नुपर्नेमा उनले जोड दिए ।

यो समाचार शेयर गर्नुहोस्
511SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?