National life

सुस्ताका तीनसय घरधुरीलाई न्यूनतम विद्युत् महसुलमा एक वर्ष छुट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० असोज २०८१, बिहिबार
757Shares
सुस्ताका तीनसय घरधुरीलाई न्यूनतम विद्युत् महसुलमा एक वर्ष छुट
ncell

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम) क्षेत्रका तीन सय ५० घरधुरीलाई न्यूनतम विद्युत् महसुल एक वर्षसम्म छुट गर्ने घोषणा गरेका छन्।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)  क्षेत्रमा आज राष्ट्रपति रामचन्द्र पौडेलबाट गरिएको त्रिवेणी–महेशपुर ९सुस्ता० मल्टिस्पान झोलुङ्गे पुल तथा एकीकृत राष्ट्रिय विद्युत् प्रणालीबाट विद्युत् आपूर्ति शुभारम्भ कार्यक्रममा ऊर्जा मन्त्री खड्काले विद्युत् जडान भएका सुस्ता पश्चिमका करिब तीन सय ५० घरधुरीलाई न्यूनतम विद्युत् महसुल एक वर्षका लागि छुट गर्ने घोषणा गरेका हुन्।

नेपाल विद्युत् प्राधिकरणबाट विस्तारित राष्ट्रिय प्रसारण प्रणाली र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा निर्मित सौर्य मिनी ग्रिड प्रणालीलाई आबद्ध गरी एकीकृत राष्ट्रिय विद्युत् प्रणालीबाट विद्युत् आपूर्ति शुभारम्भ गरिएको थियो ।

ऊर्जा मन्त्री खड्काले धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले अत्यन्तै महत्त्वपूर्ण भएर पनि लामो समयदेखि भरपर्दो र विश्वसनीय विद्युत् सेवा उपयोगबाट वञ्चित रहेको सुस्ता क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणालीको विस्तार सम्पन्न हुनुले सरकारले राखेको शतप्रतिशत विद्युतीकरणको लक्ष्यलाई सहयोग पुग्ने बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त शुभारम्भसँगै नवलपरासी जिल्ला पूर्ण रूपमा विद्युतीकरण भएको छ ।

सुस्तामा गण्डक सबस्टेसनबाट पाँच किलोमिटर प्रसारण लाइन विस्तार गरी झोलुङ्गे पुल पार गर्दै नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय ग्रिडमा जोडिएको छ । मन्त्री खड्काले उक्त कार्यसँगै सुस्ता क्षेत्रका बासिन्दालाई गुणस्तरीय र विश्वसनीय विद्युत् सेवा उपलब्ध गराउन सहयोग पुग्नुका साथै यहाँको औद्योगिक, पर्यटन, र आर्थिक गतिविधिमा व्यापक सुधार ल्याउने विश्वास व्यक्त गरे।

उक्त परियोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोडिदिँदा यसको दीर्घकालीन दिगोपन सुनिश्चित भएको मन्त्री खड्काको भनाइ छ। उनले देशभर रहेका साना सौर्य ऊर्जा प्रणाली तथा लघु जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न सरकार योजनाबद्ध ढङ्गले लागेको बताए। राष्ट्रिय ग्रिडले नेपालको हरेक कुनासम्म सेवा पु९याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको उनको भनाइ थियो ।

ऊर्जा मन्त्री खड्काले सुस्तालाई राष्ट्रिय ग्रिडमा जोड्नु विद्युत् पुर्‍याउनु मात्र नभई विकास, समृद्धि र अवसरको उज्यालो बाटो तर्फ अग्रसर भएको बताए । सोही अवसरमा मन्त्री खड्काले नारायणी नदीमा तटबन्धको काम तत्काल सुरु गरिने बताए।

यो समाचार शेयर गर्नुहोस्
757SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?