National life

सेबोनले चाँडै निःस्वार्थ र योग्य व्यक्ति अध्यक्षको रूपमा पाउँछ: अर्थमन्त्री पौडेल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ भदौ २०८१, बुधबार
627Shares
सेबोनले चाँडै निःस्वार्थ र योग्य व्यक्ति अध्यक्षको रूपमा पाउँछ: अर्थमन्त्री पौडेल
ncell

काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल धितोपत्र बोड (सेबोन) को रिक्त रहेको अध्यक्ष पदमा चाँडै नेतृत्व आउने बताएका छन् । अर्थमन्त्री पुनले आज इपानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

सेबोन लामो समयदेखि नेतृत्वविहीन हुँदा नीतिगत काम लामो समयसम्म रोकिएको सम्झना गर्दै निःस्वार्थपूर्ण तरिकाले चाँडै योग्य व्यक्तिलाई अध्यक्षमा छान्ने अर्थमन्त्री पौडेलले बताएका छन् ।

ऊर्जा उत्पादक संघ (इपानले) आयोजना गरेको अनलकिङ इन्भेष्टमेन्ट कार्यक्रममा फरक प्रसङ्गमा बोल्दै अर्थमन्त्री पौडेलले नेपालमा रहेका जलस्रोतको भरपुर सदुपयोग गर्नुपर्ने बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
‘हाम्रो देशमा भएका नदी प्रणालीलाई सही सदुपयोग कसरी गर्न सकिन्छ भन्नेमा हामीले विशेष ध्यान दिनुपर्छ,’ उनले भने, नदी प्रणालीको सही सदुपयोगले देशको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।’

उनले नेपालमा उत्पादन भएको ऊर्जा आन्तरिक रूपमा नै खपत बढाउनुपर्ने बताए । ‘आन्तरिक रूपमा खपत भएर बचेको ऊर्जा मात्रै बेच्ने नीति सरकारले लिएको छ,’ जानकारी गराएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
627SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?