National life

अरूले नै ‘ग्रे लिस्टमा पुर्याएको मुलुकलाई हामी २ वर्ष अगाडि नै बाट निकाल्छौ: अर्थमन्त्री पौडेल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ फागुन २०८१, बुधबार
581Shares
अरूले नै ‘ग्रे लिस्टमा पुर्याएको मुलुकलाई हामी २ वर्ष अगाडि नै बाट निकाल्छौ: अर्थमन्त्री पौडेल
ncell

काठमाडौँ । सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकलाई २ वर्षभन्दा अगाडि नै ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्ने दाबी गरेका छन् ।

बुधवारका आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेशबारे उठेका प्रश्नको जवाफ दिदै अर्थमन्त्री पौडेलले यस्तो दाबी गरेका हुन् ।

‘अहिले हामी सघन निगरानीमा छौँ। जसलाई हामी ग्रे लिस्ट भन्ने गर्छौँ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सरकारको कमिटमेन्ट छ, सरकारले निर्धारित समयमा निर्धारित काम सम्पन्न गरेर ग्रे लिस्टबाट निकाल्छौँ,’ उनले भने ।

मुलुक ‘ग्रे लिस्ट’मा पुग्नुमा अहिलेको सरकारको नभई अरू कसैको भूमिका रहेको भन्दै त्यसबारे सदनमा आफूले जानकारी दिने उनको भनाई छ ।

‘ग्रे लिस्टमा मुलुकलाई लग्नका निम्ति यो सरकारले होइन अरू कसैले, जसका बारेमा सदनसमक्ष म ह्वाइट पेपर लिएर उपस्थित हुनेछु,’ अर्थमन्त्री पौडेलले भने, ‘हो ग्रेलिस्टबाट मुलुकलाई कम ब्याक गर्नका लागि सरकारले गम्भीर पहलकदमी लिएर आउँछौँ ।’

‘ग्रे लिस्ट’बाट मुलुकलाई बाहिर निकाल्न दुई वर्षको समय पाइएको भए पनि त्यसअघि नै काम सक्ने उनले बताए । ‘हामीलाई २ वर्षको समय उपलब्ध छ । त्यो भन्दा अगाडि नै मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्छौँ,’ मन्त्री पौडेल

यो समाचार शेयर गर्नुहोस्
581SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?