National life

अर्थतन्त्रको शिथिलताबाट बाहिर आउन अझै सकिएको छैन: अर्थमन्त्री पौडेल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ भदौ २०८१, आइतबार
601Shares
अर्थतन्त्रको शिथिलताबाट बाहिर आउन अझै सकिएको छैन: अर्थमन्त्री पौडेल
ncell

काठमाडौँ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थतन्त्रको अवस्था अझै सहज हुन नसकेको स्वीकार गरेका छन् । उनले  बाह्य छेत्र सहज भए पनि समग्र अर्थतन्त्र भने अपेक्षा अनुरूप चलायमान बन्न नसकेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाजको २६औँ वार्षिक साधरणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले भने, अहिलेको सरकारले राजनीति स्थिरता र अर्थतन्त्र  चलायमान बनाउन अग्रसर छ, अहिले चाहेर पनि अर्थतन्त्रको शिथिलबाट बाहिर आयन सकेको अवस्था छैन ।

चौतर्फ आलोचनालाई ध्यानमा राख्दै लचिलो मौद्रिक नीति ल्याएकी हुँदा अहिले मौद्रिक नीतिलाई सबैले स्वागत गरेको स्मरण गर्दै उनले भने, 'निजि क्षेत्रलाई लगानीको वातावरण बनाउनका लागि थप के गर्न सकिन्छ आफू गर्न तयार छु।'

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै अर्थमन्त्री पौडेलले अब निजी छेत्रले गुनासोबाट निस्किनु पर्ने बताएका छन् । अब गुनासो बोकेर होइन,समस्या के छन् अहिलेको सरकार सुन्न तयार छ,सुन्न मात्र होइन सहकार्य गर्न र लागू गर्न तयार छ त्यसकारण गुनासो गर्नतर्फ मात्रै हैन समाधान तर्फ उन्मुख बन्नतिर लागौँ उनले भने ।

साथै, नेपाल उद्योग परिसंघ  अध्यक्ष राजेश अग्रवालले मौद्रिक नीतिकै कारण सेयर बजार चलायमान भएको छ यसले आम लगानीकर्तालाई उत्साहित बनाएको बताए। पुँजीगत खर्च बढेको र यसले अर्थतन्त्र चलायमान बनाउन भूमिका खेलेको उनको भनाई छ ।  उनले भने,धेरै कर लगाउँदा नेपालका अधिकांश नागरिक सीमा नाकामा गएर सामान्न किन्न जान्छन् यसलाई रोक्नु पर्छ।''

उद्योग बाणिज्य महासंघ चन्द्रप्रसाद ढकालले बाफियामा बैंक तथा बित्तीय संस्थामा संस्थापक र लगानीकर्ता छुट्याउनु पर्ने बताए।उनले भने, 'यसलाई छुट्याउने नै हो,५१ प्रतिशत सेयर हुनै पर्छ।'' निजी छेत्रलाइ अख्तियार सम्मको दायरमा पुग्ने अबस्था आउनु नहुने उनको भनाइ छ।मौद्रिक नितिले सेयर बजारसँगै आर्थिक छेत्र चलायमन बनएको छ।

यो समाचार शेयर गर्नुहोस्
601SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?