National life

अर्थतन्त्र पुरापुर सिस्टममा ल्याउन थप दुई वर्ष लाग्छ: अर्थमन्त्री महत

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ माघ २०८०, बुधबार
905Shares
अर्थतन्त्र पुरापुर सिस्टममा ल्याउन थप दुई वर्ष लाग्छ: अर्थमन्त्री महत
ncell

काठमाडौं। अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले अर्थतन्त्र लयमा चलेको चएपनी पुरापुर सिस्टममा ल्याउन अझै थप दुई वर्ष लाग्ने बताएका छन्।

अर्थतन्त्र सकारात्मक बाटोमा भए पनि बजेटरी सिस्टममा समस्या भएकाले त्यसलाई सिस्टममा ल्याउन अझै दुई वर्ष लाग्ने बताएका छन् । आज इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान) वार्षिक उत्सव कार्यक्रममा मन्त्री महतले विगतमा आवश्यकता र प्राथमिकताविना अनुत्पादक क्षेत्रमा खर्च भएकाले अहिले समस्या परिरहेको जानकारी दिएका छन्।

मन्त्री महतले भने ‘अर्थतन्त्र विस्तारै चलायमान हुँदाहुँदै पनि हाम्रो बजेटरी सिस्टममा अझै समस्या छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसलाई सिस्टममा ल्याउन दुई वर्ष लाग्छ,’ किनकी हिँजोका दिनमा धेरै अनुत्पादक क्षेत्रमा खर्च भयो । आवश्यकताभन्दा ठूला ठूला संरचनामा खर्च भए । दीर्घकालीन आवश्यकता र प्राथमिकताविना खर्च भए।’

अर्थमन्त्री महतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा एकसाथ ३९६ अस्पताल शिलान्यास भएको उदाहरण दिंदै उनले विगतको सरकारले पछि तिर्ने गरेर पहिल्यै खर्च गरेकाले त्यसको सम्पूर्ण दायित्व अहिलेको सरकारले व्यहोर्नु परिरहेको बताएका छन् ।

त्यस्तै अहिले मुलुकको विदेशी मुद्रा सञ्चिति १८ खर्ब नाघेको जानकारी दिंदै मन्त्री महतले त्यसलाई खर्च गर्न भने समस्या भएको बताएका छन्। आगामी दिनमा त्यो खर्च पनि तीव्ररुपमा बढ्ने उनले बताए ।

 

यो समाचार शेयर गर्नुहोस्
905SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?