काठमाडौँ। पूर्व अर्थमन्त्री प्रकाशशरण महतले मौद्रिक नीतिमा राष्ट्र बैंकले गम्भीर लापरबाही गरेको बताएका छन् । शुक्रवार अर्थ समितिको बैठकमा बोल्दै महतले यस्तो बताएका हुन् ।
मौद्रिक नीति बनाउँदा लामो समयलाई हेर्नुपर्ने महतले बताए । उनले भने, ‘अर्थ मन्त्रालयको कुरा सुन्ने नसुन्ने राष्ट्र बैंकको अधिकार हो ।
‘यसअघि खुकुलो मौद्रिक नीति आउँदा सबैभन्दा धेरै कर्जा प्रवाह भएको बताउँदै धेरै कर्जा प्रवाह गर्दा सही तरिकाले प्रणाम आउने क्षेत्रमा नआएको र सोही कारण अहिले हजारौँ ऋणीहरुले ऋण फिर्ता गर्न सक्ने अवस्थामा नरहेको महतको भनाई छ ।
अर्थमन्त्री पौडेलको आगमनले राष्ट्र बैंकसँग समन्वय मिलेको स्मरण गर्दै महतले मौद्रिक नीतिमा खुकुलो निती आएको भएपनी मौद्रिक नीतिभित्र अनावश्यक कुरा समेत आएको तर्क गरेका छन् ।
केही समयपछि सो कुरालाई करेक्सन गर्नेका लागि एकदम कसिलो नीति राष्ट्र बैंकले जारी गरेको महतको भनाई छ । मौद्रिक नीति सञ्चालन गर्दा सन्तुलित रूपमा हुनुपर्ने उनको भनाई छ ।

































