National life

एनसेल प्रकरणलाई लक्षित गर्दै अर्थमन्त्री महतले भने: कर छली गरेर उन्मुक्ति पाउँछौ भन्ने नसोच्दा हुन्छ 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ पुस २०८०, मङ्गलबार
812Shares
एनसेल प्रकरणलाई लक्षित गर्दै अर्थमन्त्री महतले भने: कर छली गरेर उन्मुक्ति पाउँछौ भन्ने नसोच्दा हुन्छ 
ncell

काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले एनसेलले कर छलेको रहेछ भने नछोड्ने भन्दै आक्रोश पोखेका छन् ।

नेपाली काँग्रेस नुवाकोटको प्रथम जिल्ला सम्मेलनको उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री महतले एनसेलबारे सरकारले छानबिन समिति बनाएको जानकारी गराउँदै कर छलेको पुष्टि कानुन बमोजिम कडा कारबाही गर्ने बताएका छन् ।

एनसेलबारे सरकारले छानबिन समिति बनाएको छ । उसले कर छलेको रहेछ भने हामी छोड्दैनौँ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तर, किनबेच अर्थ मन्त्रालयले हेर्दैन, दूरसञ्चार प्राधिकरणले हेर्छ ।ू त्यसको पनि छानबिन हुँदै गरेको अर्थमन्त्रीले स्पष्ट पारेका छन्।

प्रसङ्ग बदल्दै अर्थमन्त्री महतले क्षणभरमा महत्त्वाकाङ्क्षा पूरा गर्ने उद्देश्य लिएको राजनीतिक दल दिगो नबन्ने स्पष्ट पारेका छन्। उनले भने, ‘यो हामीले बुझिराखौँ, भ्रम पैदा गर्ने राजनीति दल दिगो हुँदैन ।’

‘बालाजु–तीनकुने सडक एडिबीको सहयोगमा बन्ने योजना थियो, ठेक्कामा लफडा भयो । रानी पौवादेखि उताको खण्ड टुङ्गियो । ठेक्का प्रक्रियामा जान्छ, यताको एसियन बैंकले नै गर्छ’ अर्थमन्त्रीले भने, ‘म यता र उता भन्ने जान्दिनँ, देशैभरि गर्नुपर्छ, नुवाकोटमा पनि गर्नुपर्छ । त्यस खण्डको निर्माण कार्य अनिवार्य थियो, बन्न थाल्यो त्यसमा खुशी मानौँ ।’

काँग्रेसका प्रवक्ता समेत रहेका महतले राजनीतिक दिशा कतातिर गइरहेको छ, त्यसलाई बुझेर अगाडि बढ्नुपर्ने बताएका छन् । संगठनको आवश्यकताको सिद्धान्तलाई महसुस गर्दै अगाडि बढ्न आग्रह समेत गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
812SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?