National life

नागरिकलाई बैंकिङ्गमा आकर्षित गर्न बैंकले नै वित्तीय साक्षरता दिनुपर्छ: सांसद श्रेष्ठ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ भदौ २०८१, शुक्रबार
714Shares
नागरिकलाई बैंकिङ्गमा आकर्षित गर्न बैंकले नै वित्तीय साक्षरता दिनुपर्छ: सांसद श्रेष्ठ
ncell

काठमाडौँ - शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा भएको बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० माथिको दफाबार छलफलमा सहभागी सांसद सुमना श्रेष्ठले नागरिकलाई  बैंकले वित्तीय साक्षरता दिनुपर्ने धारणा प्रस्तुत गरेका छन् ।

उनीसँगै छलफलमा सहभागी सांसदहरूले नागरिकलाई बैंकिङ्गमा आकर्षित गर्न बैंकले नै वित्तीय साक्षरता दिनुपर्ने धारणा व्यक्त गरेका हुन् । छलफलमा सांसद सुमना श्रेष्ठले हरेक बैंकले आफ्ना खातावाललाई वित्तीय साक्षरता दिन आवश्यक रहेको बताएकी छिन् ।

‘दुर्गम तथा विभिन्न ठाउँमा बैंकले ग्राहक थप गरे भन्ने गरिन्छ तर वित्तीय साक्षरताको विषय प्राथमिकतामा पर्दैन। सामान्यभन्दा सामान्य जानकारी नपाउँदा पनि नागरिकले धेरै समस्या खेपेका छन्’, सांसद श्रेष्ठले भनिन्, ‘बैंकले आफ्नो चेक बुकको सुरक्षालगायतका कुरामा साक्षर गराए मात्रै पनि धेरै समस्याको समाधान हुन्छ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
714SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?