काठमाडौँ । नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष सुनिल केसीले पछिल्लो ४ दशकको यात्रामा बैंकिङ क्षेत्र सबैभन्दा कठिन अवस्थामा रहेको बताएका छन् ।
नेपाल बैंकर्स संघको ३८औँ वार्षिक साधारण सभामा बोल्दै केसीले बाह्य क्षेत्रको रिजर्भ र रेटिङ राम्रो आए पनि ४ दशकको यात्रामा बैंकिङ क्षेत्र कठिन मोडमा आइपुगेको धारणा व्यक्त गरेका छन् ।
‘ऋण गइरहेको छैन । लिक्विडिटीमा समस्या आइरहेको छ।
बैंकको खराब कर्जा बढ्दो क्रममा भएको बताउँदै केसीले फिस्कल इन्ब्यालेन्सले पनि असर पारिरहेको उल्लेख गरे । ‘बैंकिङ क्षेत्रको जनशक्ति समेत बाहिरी रहेको छ’ उनले भने ‘सरकारबाट हुने धरपकडले पनि यसमा असर पारिरहेको छ। बैकिंग क्षेत्रको कन्फिडेन्स पनि कम भइरहेको छ ।’
उनले पछिल्लो समय बैंकिङ क्षेत्रमा कर्मचारी विदेश पलायन हुने प्रवृत्तिले बैंक झनै समस्या परेको उल्लेख गरे । (भिडियो सहित)
https://www.youtube.com/watch?v=Djgp8rSDyjg


































