National life

पूर्व सहमति अनुसार भारतबाट साढे ६ सय मेगावाट विद्युत् आयात गर्दै छौ: उर्जामन्त्री खड्का

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ पुस २०८१, सोमबार
836Shares
पूर्व सहमति अनुसार भारतबाट साढे ६ सय मेगावाट विद्युत् आयात गर्दै छौ: उर्जामन्त्री खड्का
ncell

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले भारतबाट साढे ६ सय मेगावाट विद्युत् आयात गर्ने जनाएका छन् ।

नेपाल भित्रको आन्तरिक विद्युत् आपूर्तिलाई सहज बनाउनका लागि भारतसँग साढे ६ सय मेगावाट विद्युत् खरिद गर्न लागिएको मन्त्री खड्काले बताए।  मन्त्री खड्काले  हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन भारतसँग साढे ६ सय मेगावाट विद्युत् आयात गर्ने सहमति भएको र सोही अनुरूप पुस महिनादेखि नै खरिद गरिने उनको भनाई छ ।

उनले गत वर्षको बाढीले जलविद्युत आयोजनाहरूमा धेरै क्षति भएर उत्पादनमा देखिएको कमीको कारण लोडसेडिङ हुन नदिन उक्त सहमति भएको बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मन्त्री खड्काले सरकारले क्षति भएका आयोजनाहरूको निर्माणमा तीव्रता दिएको भन्दै विद्युत् माग र आपूर्ति सहज बनाउने विषयमा गम्भीर रहेको उल्लेख गरे।

मन्त्री खड्काले गत वर्षको भन्दा साढे ३ सय मेगावाट जति यस वर्ष उत्पादन थप हुने र हिउँदमा ४० प्रतिशत उत्पादन हुने भएकाले पिक आवरमा समस्या पर्ने हुँदा सकेसम्म लोडसेडिङ हुन नदिने योजनाका साथ कार्यतालिका बनाएको बताए।

यो समाचार शेयर गर्नुहोस्
836SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?