काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गैर कानुनी काम गर्नेहरूलाई ठाउँको ठाउँ कारबाही गर्न प्रहरीलाई आग्रह गरेका छन्।
नवनियुक्त गृहमन्त्री लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाट्स लेख्दै देशभरका प्रहरीलाई निर्देशन दिएका छन् । उनले भनेका छन्– देशको कुनै पनि भागमा कुनै पनि व्यक्ति वा समूहले गैर कानुनी काम गरेको छ, गैर कानुनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारबाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन। ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो।
लामिछानेले थप भनेका छन्–तपाईँले मलाई होइन मैले तपाईँलाई सलाम गर्ने गरी काम गर्नुहोस् । मेरो शुभकामना छ।

































