काठमाडौं । यसपालिको मौद्रिक नीति निजी क्षेत्रमा आशा जगाउने, यूवाहरुमा नयाँ उत्साह कायम गर्ने, उत्पादनका क्षेत्रमा मद्धत पुग्ने किसिमले जारी हुने अपेक्षा गरिएको छ । लामो समयदेखि बजार पुँजीकरण गुमाएको शेयर बजार समेत ठिक लयमा फर्किने अपेक्षा आगामी मौद्रिक नीतिबाटै गरिएको छ । यस्तो अवस्थामा अर्थशास्त्री नर बहादुर थापाले आर्थिक भ्वाईससँग आफ्नो भनाई सेयर गरेका छन् ।
यस्तो छ थापाको रोचक विश्लेषण
अहिले बजारमा माग कम छन् ।
काम गर्नको लागि वर्षौ लागे पनि त्यसबाट प्रभाव भने केही पनि देखिदैन । मौद्रिक नीतिको चर्चा गरेर मात्र हुदैन । अहिलेको अवस्था हेर्दा खाटी कुरा बाहिर ल्याएर कुरा गर्नु पर्ने बेला छ । आशावादी छौं भन्ने नाममा सुकुल गुण्डा हुने बेला छैन । हुन त होप ले नै मान्छे बाँच्ने हो । यसरी हेर्दा प्रोफसनल आधारमा जस्ले जे जे गर्नु पर्ने हो गर्दिए हुन्छ ।
अहिलेको परिस्थितीमा शेयर बजार उत्साह नआएको बेलामा मौद्रिक नीतिको पाटोबाट मात्रै सबैकुरा समाधान हुने अवस्था छैन । देशको महङ्गीको अवस्था हेर्दा जनतालाई सम्बोधन गर्ने किसिमको राष्ट्र बैंकले खेल्नुपर्नेमा उनले औँल्याए ।
त्यस्तै पछिल्लो समय आईटी र जलविद्युतको क्षेत्रमा अलि बढी विकास भएको अवस्था छ । अन्य क्षेत्रमा पनि नीति निर्माताहरुले ध्यान पुर्याउनु जरुरी छ ।
राष्ट्र बैंक अभिभावक भएकाले पनि हाल कायम रहेका विभिन्न निराशा र समस्याहरुमा पोलिसी मेकिङले नै ठूलो भुमिका खेल्ने भएकाले कतिपय कुराहरु बेलैमा गर्दै जानु पर्ने पनि छ ।
राष्ट्र बैंकको बिगार्ने वा सपार्ने होइन आफ्नो म्यान्डेड अनुसार काम गर्नुपर्छ । त्यो भन्दा बाहिर जान त उसलाई पनि मिल्दैन । जस्तो काम जे हो उसले त्यो राम्रोसँग गर्नुपर्यो ।
बाहिरको लगानी आउनु पर्यो । निजी क्षेत्र तात्नु पार्यो । अहिले हनु बाँक त धेरै कामहरु छन् । त्यस्ता रोकिएका, अड्किएका र हुन नसकेको कामहरुले पनि निरन्तारता पाउनु पर्यो ।

































