National life

यो देशप्रति नकारात्मक टिप्पणी गर्ने समय होइन, एकताबद्ध हुने समय हो: राष्ट्रपति

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ असोज २०८१, बिहिबार
1.3kShares
यो देशप्रति नकारात्मक टिप्पणी गर्ने समय होइन, एकताबद्ध हुने समय हो: राष्ट्रपति
ncell

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अहिले देशप्रति नकारात्मक टिप्पणी गर्ने समय नभएको बताउदै बेथिति र अनियमितताको अन्त्यमा विशेष जोड दिनुपर्ने पनि बताएका छन् ।

संविधान दिवसको अवसरमा आज शितलनिवासमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अहिले एकतावद्ध हुने र आफैप्रति विश्वस्त हुने समय भएको बताएका हुन् ।

'हामी उत्साह र उमंगमा संविधान दिवस मनाइरहँदा आफैभित्र आशाको नयाँ दियो बालौं। किनभने यो निराश बन्ने समय होइन।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो हामीबीच आरोप, प्रत्यारोप गर्ने समय होइन,’ राष्ट्रपति पौडेलले भने, ‘यो देशप्रति नकारात्मक टिप्पणी गर्ने समय होइन। यो एकतावद्ध हुने समय हो ।

बेथिति र अनियमितताले राज्यका प्रत्येक अंगहरुलाई विश्वासहीन बनाउने चिन्ता सर्वत्र भइरहेको बताउँदै राष्ट्रपति पौडेलले भ्रष्टाचारमा शून्य सहनशिलतालाई कडाइका साथ कार्यान्वयनका लागि संकल्प गर्नुपर्ने बताए।

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?