काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले सदनमा प्रतिपक्षी सानो छ भनेर हेप्न खोजिएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै किराँतीले सङ्ख्याका हिसाबले प्रतिपक्षीलाई हेप्न खोजिएको भन्दै लोकतन्त्रमा आकारले नभई मुद्दाले स्थान लिने बताएका छन् ।
त्यस्तै सांसद किराँतीले विभिन्न प्रकरणमा मुछिएकाहरूलाई मन्त्री बनाएर पुरस्कृत गरिएको र सुशासनको मुद्दामा प्रधानमन्त्रीले दिएको भाषणले जगतलाई मूर्ख बनाउने काम मात्रै भएको तर्क गरेका हुन् ।
किराँतीले मौद्रिक नीति रोक्ने काम भएको, विद्युत् लाइन जोड्ने विषयमा अनुचित निर्देशन दिने काम वर्तमान सरकारबाट भएको आरोप लगाए ।
उनले अघिल्लो सरकारले अघि बढाएको छानबिन प्रक्रियाले निरन्तरता पाउँछ वा पाउँदैन भन्दै प्रश्नसमेत तेर्साएका छन् ।


































