National life

राप्रपाका प्रमुख सचेतक शाहीको प्रश्न 'भौतिक मन्त्री नेपालको हो कि धनुषाको' ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ असार २०८१, मङ्गलबार
1.2kShares
राप्रपाका प्रमुख सचेतक शाहीको प्रश्न 'भौतिक मन्त्री नेपालको हो कि धनुषाको' ?
ncell

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक समेत रहेका ज्ञानेन्द्र शाहीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले बजेटमा कर्णालाई विभेद गरेको आरोप लगाएका छन्।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले भौतिकमन्त्री नेपालको हो कि धनुषाकोरु भन्दै प्रश्न गरेका छन् ।

उनले भने, ‘मसँग डाटा छ। हावामा बोलेको छैन। संसदमा कर्णालीलाई अपमान गर्नुहुन्छ भने तपाईंहरूले आफ्नो भाषा निर्माण गर्नुस्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो कर्णालीबाट आएको भाषा हो। धनुषाको ३ र ४ नम्बर क्षेत्रमा भौतिक मन्त्रालयले ८ अर्ब ७७ करोड ४ लाख बजेट विनियोजन गरेको छ। झापामा ६ अर्ब ७० करोड गरेको छ।

टोटल गरेर १५ अर्ब ४७ करोड ४९ लाख झापा र धनुषामा विनियोजन गर्नुभएको छ। तर, कर्णालीको १० वटा जिल्लामा ७ अर्ब ३६ करोड ४८ लाख १४ हजारमात्रै ? ’उनले भौतिकमन्त्री झापा र धनुषाको हो कि नेपालको भन्दै प्रश्न दोहोर्‍याउँदै कर्णालीलाई विभेद गर्न नपाइने बताएका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?