काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले कर दर हेरफेरसम्बन्धी विषयमा गम्भीर प्रश्न उठाउँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिन गर्न माग गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कर दर परिवर्तनको जानकारी सीमित व्यक्तिलाई मात्र हुने उल्लेख गर्दै यस विषयमा सूचना बाहिरिएकोप्रति आशंका व्यक्त गरे। उनले उक्त घटनालाई गम्भीर मान्दै अर्थमन्त्रीमाथि अनुसन्धान गरी आवश्यक कानुनी कारबाही गर्नुपर्ने बताए।
शाहीले कोरला र रसुवागढी नाकाबाट कर छलिएका सवारीसाधनहरू नेपाल भित्रिएको दाबी गर्दै कर दरसम्बन्धी जानकारी कसरी बाहिरियो भन्नेबारे स्पष्टता माग गरे।
यस प्रकरणको निष्पक्ष छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने उनको माग छ। उनले राजस्व प्रणालीको पारदर्शिता कायम गर्न यस्ता विषयमा गहिरो अनुसन्धान आवश्यक रहेको पनि बताए।

































