काठमाडौं। रुपन्देही–२ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली कांग्रेसका उम्मेदवार चुन्न प्रसाद शर्मा (पौडेल)लाई समर्थन गर्ने निर्णय गरेको छ ।
राप्रपा र कांग्रेसबीच वैचारिक तथा नीतिगत भिन्नता भए पनि रुपन्देही–२ को आर्थिक विकास, सामाजिक सुधार र समृद्धिसम्बन्धी एजेन्डामा समान धारणा बनेपछि पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरिएको राप्रपा रुपन्देही–२ का क्षेत्रीय अध्यक्ष रामबहादुर थापाले बताए।
https://aarthikvoice.com/archives/83875
गत २०७९ सालको निर्वाचनमा उक्त क्षेत्रमा राप्रपाले समानुपातिकतर्फ करिब ५ हजार ६ सय मत प्राप्त गरेको थियो ।
यस सम्बन्धमा पार्टीले औपचारिक विज्ञप्ति समेत सार्वजनिक गरेको छ।
https://aarthikvoice.com/archives/83884


































