National life

लिङदेनलाई पार्टी कार्यालय खाली गर्न ३५ दिने अल्टिमेटम, ३५ लाख तुरुन्त फिर्ता गर्न माग

पार्टीभित्र गुटबन्दी, आर्थिक अपारदर्शिता तथा नेतृत्वप्रति अविश्वास बढेको दाबी गरेका छन्

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|०४ असार २०८३, बिहिबार
978Shares
लिङदेनलाई पार्टी कार्यालय खाली गर्न ३५ दिने अल्टिमेटम, ३५ लाख तुरुन्त फिर्ता गर्न माग
ncell

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष दिलविकास राजभण्डारीले पार्टी अध्यक्ष राजेन्द्र लिङदेनलाई ३५ दिनभित्र आफ्नो घर खाली गर्न आग्रह गरेका छन्। उनले धुम्बाराहीस्थित आफ्नो निवासमा रहेको पार्टी कार्यालय खाली गर्न भन्दै खुलापत्रमार्फत अल्टिमेटम दिएका हुन्।

हालै महामन्त्री डा. धवलशम्शेर राणासँगै पार्टीबाट अलग भएका राजभण्डारीले लिङदेनमाथि गम्भीर आरोपहरू पनि लगाएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले पार्टीभित्र गुटबन्दी, आर्थिक अपारदर्शिता तथा नेतृत्वप्रति अविश्वास बढेको दाबी गरेका छन्।

खुलापत्रमा राजभण्डारीले अध्यक्ष लिङदेनको जीवनशैली र सम्पत्तिबारे प्रश्न उठाउँदै विभिन्न आरोपसमेत लगाएका छन्। साथै, २०७९ को निर्वाचनका क्रममा आर्थिक लेनदेनसम्बन्धी विषय पनि उल्लेख गरेका छन्।

उनका अनुसार लिङदेन र कोषाध्यक्ष निलकण्ठ काफ्लेले लिएको रकममध्ये केही मात्र फिर्ता भएको र बाँकी रकम अझै नदिइएको दाबी गरिएको छ।

राजभण्डारीले पार्टी नेतृत्वकै कारण संगठन कमजोर बनेको र अधिकांश उम्मेदवारको जमानत जफत भएको आरोप पनि लगाएका छन्। आफूलाई पछि उपाध्यक्षमा मनोनयन गरिए पनि विश्वास टुटेकाले सक्रिय राजनीतिबाट अलग भएको उनको भनाइ छ।

यो समाचार शेयर गर्नुहोस्
978SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?