National life

सरकारले पूर्व सूचनाको बेवास्ता गरेको कारण ठुलो क्षति भयो : प्रचण्ड

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ असोज २०८१, मङ्गलबार
695Shares
सरकारले पूर्व सूचनाको बेवास्ता गरेको कारण ठुलो क्षति भयो : प्रचण्ड
ncell

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपद्को पूर्वानुमानबारे पर्याप्त मात्रामा सूचना जारी हुँदा समेत सरकारले कुनै तयारी गर्न नसक्दा ठुलो मात्रामा क्षति भएको बताएका छन् ।

आज बाढी प्रभावित क्षेत्रमा अवलोकन गर्दै पार्टी अध्यक्ष दाहालले सरकारलाई राहत, उद्धार र पुरस्थापनमा गम्भीर बन्न ध्यानाकर्षण गराएका हुन्।

‘मौसमविद्हरूले पूर्वानुमान गरिसकेका थिए आउने दुई तीन दिन भारी वर्षा हुँदैछ भनेर। मैले पार्टी र विपक्षी दलका नेताको तर्फबाट ठुलो क्षति हुनसक्छ सबै तयारी अवस्थामा रहनुपर्‍यो भनेको थिए सरकारलाई तर, सरकारको कुनै तयारी देखिएन।’ प्रचण्डले भने

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सरकारले जे जति गल्ती गरे पनि अब एकजुट भएर पीडितको समस्या समाधान गर्नतिर लाग्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘अब राहत, उद्धार, पुनर्स्थापना घाइतेको उपचारमा सरकार गम्भीर बनोस्, म गाली गर्ने पक्षमा छैन। सबै मिलेर पीडितको घाउमा मलमपट्टी लगाउनुपर्छ। सरकारले जे जति कमीकमजोरी गर्‍यो गर्‍यो अब युद्ध स्तरमा पीडितको पक्षमा काम गरोस्।’

उनले पार्टीका सबै नेता कार्यकर्ताहरू राहत, उद्धारमा खटिसकेको समेत बताए। पार्टीका सांसद र प्रदेश सांसदहरूले १० दिनको तलब राहत कोष जम्मा गर्ने निर्णय भएको जानकारी समेत गराएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
695SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?