National life

सहकारीको रकम अपचलन गरी भागेका १८ जनालाई स्वदेश ल्याउन निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ साउन २०८१, सोमबार
664Shares
सहकारीको रकम अपचलन गरी भागेका १८ जनालाई स्वदेश ल्याउन निर्देशन
ncell

काठमाडौँ । रकम अपचलन गरेका सहकारीको छानबिन गर्न गठित संसदीय समितिले रकम अपचलन गरी देश बाहिर भागेका १८ जनालाई स्वदेश फर्काउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले सहारा, सूर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेका जीबी राईलाई तत्काल स्वदेश फर्काउन निर्देशन दिएको हो।

त्यस्तै सूर्य दर्शनका ज्ञानबहादुर बम्जन, थानबहादुर राई, भूपेन्द्र राई, सानो पाइलाका तस्विरन खातुन र अश्रफ अली, सहारा तथा सुप्रिमका सुवास केसीलाई पनि झिकाउनका लागि समितिले निर्दृेशन दिएको छ ।

यी हुन् फरार १८ जना

१. जीबी राई – सूर्य दर्शन सहकारी, पोखरा

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

२. भरत महर्जन – सुमेरू सहकारी, ललितपुर

३. राजमाया महर्जन – सुमेरू सहकारी, काठमाडौं

४. सचिन महर्जन – सुमेरू सहकारी, काठमाडौं

५. सरला महर्जन – सुमेरू सहकारी, ललितपुर

६. ज्ञानबहादुर बम्जन – सूर्यदर्शन सहकारी, पोखरा

७. भुपेन्द्र राई – सूर्यदर्शन सहकारी, पोखरा

८. तेजबहादुर बम्जन – शिव शिखर सहकारी

९. देवकुमार नेपाली – इमेज बचत, पोखरा

१०. छेदा नेपाली – इमेज बचत सहकारी, बागलुङ

११. तस्बिरन खातुन – सानोपाइला सहकारी, वीरगञ्ज

१२. असरफ अलि – सानो पाइला सहकारी, वीरगञ्ज

१३. सुवास केसी – सहारा सहकारी, चितवन

१४. दीपक पौडेल – इमेज सहकारी, बागलुङ

१५. लीलानाथ गौतम – शिव शिखर सहकारी, भक्तपुर

१६. महाशंकर रेग्मी – मेघा ड्रिम सहकारी, काठमाडौं

१७. थानबहादुर बुढामगर – सूर्यदर्शन सहकारी, पोखरा

१८. प्रेमध्वज लामा – कान्तिपुर कोअपरेटिभ, काठमाडौं

समिति सभापति सूर्य थापाले कति अमेरिका, कति बेलायत, कति मलेसिया, कति भारत र कतिको स्थिति अज्ञात रहेको पाइएकाले उनीहरूलाई खोज्न, स्वदेश फर्काउन र छानबिन समितिको दायरामा ल्याउन गृहमन्त्रीलाई आग्रह गरेको जानकारी दिएका छन् ।

समितिले सहकारीको मुद्दामा थुना वा प्रहरी हिरासतमा रहेका २४ जनासँग सोधपुछ गर्ने निर्णय गरेको जनाएको छ । त्यसको सूची गृहमन्त्रीलाई दिएको भन्दै सभापति थापाले भने, ‘बाहिर भएका व्यक्तिहरूलाई बोलाएर छलफल गर्छौं ।

यो समाचार शेयर गर्नुहोस्
664SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?