National life

सांसदको प्रश्न: सरकारको काम सहकारी ठगी जीवीलाई कुरेरै बस्ने हो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ फागुन २०८०, शुक्रबार
1.3kShares
सांसदको प्रश्न: सरकारको काम सहकारी ठगी जीवीलाई कुरेरै बस्ने हो ?
ncell

काठमाडौँ । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सहकारी ठगी प्रकरणमा संलग्न व्यक्ति जीवी राई लगायतलाई पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

शुक्रवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद यादवले जीवी राईको संलग्नता रहेको वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १३५ करोड रुपैयाँ बचत लिएर भागेको दाबी गर्दै तुरुन्त खोजी कार्य अगाडि बढाउन आग्रह गरेका छन् ।

उनले वीरगन्जवासीले प्रहरीमा उजुरी दिए पनि हालसम्म छानबिन अगाडि नबढेको भन्दै उनले राईले विना धितो वीरगन्ज बाहिरका ७५ जनालाई ९४ करोड रुपैयाँ दिएको पनि दाबी गरेका छन्।

उनले हालसम्म जीवी राई लगायतलाई पक्राउ नगर्नु लज्जास्पद भएको उल्लेख गर्दै तरकारको काम सहकारी ठगीलाई हेरेर बस्ने नै हो त भन्दै प्रश्न गरेका हुन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?