National life

रुपन्देहीको कोटहीमाईका इन्जिनीयर यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१५ साउन २०८०, सोमबार
672Shares
रुपन्देहीको कोटहीमाईका इन्जिनीयर यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
ncell

काठमाडाैं । रुपन्देहीको कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्दकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ४५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हाे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध सोमवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

कोटहीमाई गाउँपालिका वडा नम्बर ७ अन्तर्गतको सडक पीसीसी ढलान र ग्राबेल गर्ने कार्यको नापजाँच पश्चात भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग यादवले ४५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको आयोगका प्रवक्ता भोला दाहालले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत असार २० गते उनलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
672SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?