National life

ललिता निवास प्रकरण : मालपोत कार्यालयका थप दुईजना पूर्व कर्मचारी पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२६ असार २०८०, मङ्गलबार
578Shares
ललिता निवास प्रकरण : मालपोत कार्यालयका थप दुईजना पूर्व कर्मचारी पक्राउ
ncell

काठमाडौँ । बालुवाटरस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना आरोपमा सिआईबीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा योगराज पौडेल र नारायणदास मिश्र रहेकाे केन्द्रीय अनुसन्धान ब्यूरोका एकजना अधिकृतले जानकारी दिए ।

उनका अनुसार योगराज पौडेल मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नासु हुन् । नारायणदास मिश्र पूर्व खरिदार हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सरकारी लिखत किर्ते गरेर ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराएको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ ।

वि.सं. २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेपछि उक्त प्रकरणमा सिआइवीले अनुसन्धान गरिरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
578SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?